Nepal Times
Nepal Times
3
Shares

खोटाङको खोटेहाङमा रहेको जङ्गलमा लागेको डढेलोले बस्तीमा क्षति, नौ घर जले

खोटाङको खोटेहाङमा रहेको जङ्गलमा लागेको डढेलोले बस्तीमा क्षति, नौ घर जले

२३ चैत, खोटाङ । खोटाङको खोटेहाङ गाउँपालिकामा रहेको जङ्गलमा लागेको डढेलोले बस्तीमा क्षति गरेको छ।

सामुदायिक वनमा लागेको डढेलोले खोटाङबजार पुरानो गाउँ र रातामाटामा गरेर नौ घर जलेका छन्।

सुरक्षाकर्मी दमकल तथा स्थानीयबासिन्दाले आगो निभाइएकाले अरु घरमा क्षति हुनबाट जोगाइएको गाउँपालिका अध्यक्ष प्रदीप राईले बतए ।

आगलागीले घर तथा कटेरा जलेपछि पीडित परिवार विस्थापित भएका छन् । प्रारम्भिक विवरणअनुसार झण्डै ३५ लाख रुपैयाँ बराबरको क्षति भएको छ । जङ्गलमा लागेको डढेलो पूर्णरुपमा निभाउन नसके पनि बस्तीमा जोखिम टरेको उनले बताए ।

मड्केमा सामुदायिक वनमा लागेको डढेलोले खोटेहाङ गाउँपालिका–७ खोटाङबजार पुरानो गाउँका छविलाल ढकाल, मिलन गेलाल, इन्द्रबहादुर भुजेल, यमबहादुर भुजेल, गोपाल ढकालको घर तथा कटेरा र खोटाङबजार रातामाटाकाविष्णुमायाँ भुजेल, उद्धव भुजेल, खड्गबहादुर भुजेल र नरबहादुर भुजेलको घर तथा कटेरा जलेर नष्ट भएको खोटेहाङ गाउँपालिकाका अध्यक्ष प्रदीप राईले बताए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.