Nepal Times
Nepal Times
3
Shares

खोटाङमा आगोले जलेर एक बृद्धाको मृत्यु

खोटाङमा आगोले जलेर एक बृद्धाको मृत्यु

२५ चैत, खोटाङ । खोटाङको बराहपोखरी गाउँपालिका–२ बस्ने ७४ बर्षीया डम्बर कुमारी मगरको आगोले जलेर मृत्यु भएको छ ।

आज दिउँसो १ बजेको समयमा स्थानीय तारेभिर जंगलमा आगलागी भएको र उक्त आगलागी प्रहरी तथा स्थानीयवासीहरुले नियन्त्रणमा लिने प्रयास भईरहेको अवस्थामा भीरको माथी बसीरहेकी बृद्धालाई एक्कासी आगोको लप्काले भेटेर शरिरमा आगो लाग्दा घाईते भएका थिए ।

उनलाई तत्काल उद्धार गरी उपचारको लागी अस्पताल लैजाने तयारी गर्दे गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । वनमा लागेको डढेलो नियन्त्रण गर्ने कार्य जारी रहेपनि आगो नियन्त्रणमा आएको छैन ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.