Nepal Times
Nepal Times
3
Shares

खोप अभावका कारण काठमाडौँमा बुस्टर डोज खोप कार्यक्रम स्थगित

खोप अभावका कारण काठमाडौँमा बुस्टर डोज खोप कार्यक्रम स्थगित

७ माघ, काठमाडौँ । काठमाडौँमा बुस्टर डोज खोप कार्यक्रम स्थगित भएको छ ।

भेरोसेल खोप अभाव भएपछि हालका लागि बुस्टर डोज दिन कार्यक्रम रोकिएको स्वास्थ्य कार्यलयका प्रमुख शम्भु काफ्लेले जानकारी दिए । तर, कोभिशिल्डको हकमा भने बुस्टर डोज खोप अभियान सञ्चालन भइरहेको छ ।

‘हामीसँग भेरोसेल खोपको मौज्जात नै कम थियो । सबै अस्पताल तथा खोप केन्द्रलाई दुई–तीन सय पठाउँदा अस्ति नै सकियो,’ काफ्लेले भने ,’विभागले भेरोसेलको खोप पाइपलाइनमा छ भन्ने जानकारी आएको छ । भेरोसेलको बुस्टर डोज लगाउने मानिसले केही समय अझै कुनुपर्ने हुन्छ ।’

‘अहिले बुस्टर डोज लगाउने धेरै मानिसहरु भेरोसेलका खोप लगाएका छन् । हामीसँग खोपको अभाव भएकाले व्यवस्थापन गर्न सकेका छैनौं,’ काफ्लेले भने । हाल काठमाडौं जिल्लामा २२ वटा खोपकेन्द्र खोप दिइरहेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.