Nepal Times
Nepal Times
3
Shares

गजल: गलत हो

गजल: गलत हो

कसैको इज्जतमा खोट लाउनु गलत हो।
अरुको सफा मनमा चोट लाउनु गलत हो।

के गर्छ त्यो रक्सीको नशाले मात्र जीवन खरानी।
जानी जानी भट्टी पसलमा नोट लाउनु गलत हो।

थोरै थोरै भए पनि आम्दानी नै छ अहिले।
यसले पुगेन भनी अर्काे सोच लाउनु गलत हो।

जिन्दगी त आफ्नै कारण बिस्तारामा लडिसक्यो।
बाँच्ने आशै छैन, मर्ने बेला खोप लाउनु गलत हो।

चुनाव आयो अब खानेपानी अनि बिजुली बत्ती खै ।
त्यसैले उद्धेश्य विनाको नेतालाई भोट लाउनु गलत हो।

✍ दुर्गेस बन्जारा (लुरेकाजी), खोटाङ

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.