Nepal Times
Nepal Times
3
Shares

गण्डकी प्रदेशमा ३८ कोरोना संक्रमित थपिए

गण्डकी प्रदेशमा ३८ कोरोना संक्रमित थपिए

२५ जेष्ठ, पोखरा ।
आइतबार बिहान गण्डकी प्रदेशमा ३८ कोरोना संक्रमित थपिएका छन् ।

प्रदेशमा एकैदिन ठूलो संख्यामा संक्रमण देखिएको यो पहिलो हो । योसंगै प्रदेशमा संक्रमितका संख्या ११३ पुगेको छ । कोरोना संक्रमण देखिएका जिल्लाहरु (रातो), शनिबार साँझसम्मको तथ्या‌ंकअनुसार ७० जिल्लामा संक्रमण फैलिइसकेको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार संक्रमितमा स्याङ्जाका मात्र १४ रहेका छन् । त्यस्तै गोरखा र बागलुङका १०–१०जना छन् । गोरखा जिल्लामै पहिलो पटक संक्रमित भेटिएका हुन् । यसअघि कञ्चनपुरमा कार्यररत गोरखाका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यस्तै पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाका ४ जनामा संक्रमण देखिएको हो । संक्रमित सबै पुरुष रहेको र १७ देखि ५२ वर्षसम्मका उमेरका छन । उनीहरु सबै हालैमात्र भारतबाट फर्किएर क्वारेन्टाइनमा बस्दै आएका थिए ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा शनिबार राति उनीहरुको पीसीआर परीक्षण गरिएको थियो ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.