Nepal Times
Nepal Times
3
Shares

गण्डकी प्रदेश सरकारमा रहेका माओवादी का दुई मन्त्रीले राजीनामा दिने

गण्डकी प्रदेश सरकारमा रहेका माओवादी का दुई मन्त्रीले राजीनामा दिने

२४ चैत, पोखरा । गण्डकी प्रदेश सरकारमा रहेका नेकपा माओवादी केन्द्रका दुई मन्त्रीले पनि राजीनामा दिने भएका छन् ।

बुधबार विहान बसेको माओवादी संसदीय दलले दुवै मन्त्रीलाई राजीनामा दिन निर्देशन दिएको एक सांसदले जानकारी दिएका छन् ।

उनका अनुसार माओवादी केन्द्रबाट मन्त्री बनेका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमान र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले राजीनामा दिने भएका छन् ।

माओवादी केन्द्रले समर्थन भने तत्काल फिर्ता नलिने जनाएको छ । सत्ता समीकरणको प्रयासपछि मात्र समर्थन फिर्ता लिने बताइएको छ ।

गण्डकी प्रदेशमा नयाँ सरकार बनाउन एमाले बाहेक सबै दल एक ठाउँमा आउनुपर्छ । ६० सदस्यीय गण्डकी प्रदेश सभामा माओवादीका १२ सांसद छन्, जसमध्ये एक नेत्रनाथ अधिकारी सभामुख छन् । नेपाली कांग्रेसका १५, जनमोर्चाका ३ र जनता समाजवादीका २ सांसद छन् ।

सबभन्दा ठूलो दल एमालेका २७ सांसद छन् । मनाङबाट स्वतन्त्र चुनाव जितेका सांसद राजीव गुरुङ (दीपक मनाङे)को समर्थन पनि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई छ ।

यदि राष्ट्रिय जनमोर्चाले साथ दिने हो भने मुख्यमन्त्री गुरुङको सरकार बच्छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.