Nepal Times
Nepal Times
3
Shares

गाई काटेको आरोपमा विराटनगरबाट १ जना पक्राउ

गाई काटेको आरोपमा विराटनगरबाट १ जना पक्राउ

२२ जेष्ठ, विराटनगर ।
विराटनगर महानगरपालिका १७ का २८ बर्षीय सोहिल मियालाई गाई काटेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

विहीबार बिहान स्थानीय सौरभ मियाको घरमा गाई काटिरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले १० केजी मासु सहित मियालाई पक्राउ गरेको हो ।

घटनामा संग्लग्न रहेका अन्य दुई जना तत्काल फरार रहेकोले खोजतलास भईरहेको तथा पक्राउ परेका मियाको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.