Nepal Times
Nepal Times
3
Shares

गाडीको ठक्करबाट चितुवा मर्‍यो

गाडीको ठक्करबाट चितुवा मर्‍यो

६ असोज, मुग्लिन ।

इच्छाकामना गाउँपालिका–४ लेवाटारमा गाडीको ठक्करबाट एक पोथी चितुवा मरेको छ ।

मङ्गलबार दिउँसो अन्दाजी ३ बजे गाडीको ठक्करबाट करिब दुई महिनाको सो चितुवा मरेको डिभिजन वन कार्यालय चितवनका सूचना अधिकारी बालकृष्ण खनालले जानकारी दिए । आफुहरुलाई प्रहरीले खबर गरेसँगै मृत चितुवालाई डिभिजन वन कार्यालयलमा ल्याई व्यवस्थापन गरिएको बताए ।

माउसँग बाटो काट्ने क्रममा गाडीले ठक्कर दिएको हुनसक्ने उनले जानकारी दिए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.