Nepal Times
Nepal Times
3
Shares

गुल्मीमा लगातार तीन दिन एकै स्थानमा तीनवटा सवारीसाधन दुर्घटना

गुल्मीमा लगातार तीन दिन एकै स्थानमा तीनवटा सवारीसाधन दुर्घटना

२ माघ, गुल्मी । गुल्मीमा लगातार तीन दिन एकै स्थानमा तीनवटा सवारीसाधन दुर्घटनामा परेका छन् ।

गुल्मीदरबार गाउँपालिकाको बडानम्ब–३ गौडाकोट म्यालपोखरीस्थित तम्घास रिडी सडकअन्तर्गत देउराली जङ्गलमा तीन दिनमा तीनवटा सवारी दुर्घटनामा परेका हुन् ।

शुक्रबार ग१च ७५४७ नम्बरको बोलेरो जिप पल्टिएको थियो । त्यसको भोलिपल्ट शनिबार तम्घास यात्रु छोडेर पोखरा फर्किदै गरेको ग१ज ५२८० नम्बरको कार पनि त्यही दुर्घटना भयो । आइतवार पनि लु२ख २९८१ नम्बरको टिपर त्यही ठाउँमा दुर्घटनामा परेको छ ।

तीन दिनमा एकै ठाउँमा तीनवटा सवारी साधन दुर्घटना भए पनि मानवीय क्षती भने नभएको ट्राफिक प्रहरी जवान विजयकुमार यादवले जानकारी दिए ।

शीतले सडक चिप्लो भएको र मोड भएको कारण दुर्घटना भएको यादवले बताए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.