Nepal Times
Nepal Times
3
Shares

घुस लिएको आरोप लागेका दोलखाका सिडिओ रिजाललाई हटाइयो

घुस लिएको आरोप लागेका दोलखाका सिडिओ रिजाललाई हटाइयो

२० मंसिर, काठमाडौँ । घुस लिएको आरोप लागेका दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई पदबाट हटाइएको छ । उनलाई गृह मन्त्रालय तानिएको छ । मुद्दा छिन्ने क्रममा सिडिओ रिजालले पटक–पटक घुस लिएको भन्दै पीडितले बिहीबार पत्रकार सम्मेलन गरेका थिए ।

गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले रिजाललाई दोलखाको प्रजिअबाट हटाउने निर्णय भएको बताए । प्रजिअ रिजालमाथि मेलुङ गाउँपालिका–४ भेड्पुका कुमार लामा मोक्तानले ९० हजार र कालिञ्चोक गाउँपालिका–१ का उदिम तामाङ र इन्द्रबहादुर तामाङले २१ हजार घुस लिएको आरोप पत्रकार सम्मेलन गरेर लगाएका थिए ।

रिजालमाथि घुस लिएको नलिएको बारे थप छानबिन गरिने प्रवक्ता शर्माले बताए । ग्रृह स्रोतका अनुसार रिजालले पहिला घुस लिएपनि विवाद भएपछि फिर्ता गरेका थिए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.