Nepal Times
Nepal Times
3
Shares

चन्द्रयान–२ ले पठाएको तस्बिरमा ज्याक्सन, मच, कोरोलेभ र क्रेटर देखिए

चन्द्रयान–२ ले पठाएको  तस्बिरमा ज्याक्सन, मच, कोरोलेभ र क्रेटर देखिए

१० भदौ, एजेन्सी ।
भारतको चन्द्रयान–२ ले चन्द्रसतहको नयाँ तस्बिर पठाएको छ । चन्द्र धरातल भन्दा ४ हजार ३७५ किलोमिटर माथिबाट परिक्रमा गर्दै चन्द्रयानले तस्बिर खिचेको हो ।

इसरोका वैज्ञानिकले चन्द्रयान–२ मा रहेको टेरैन म्यापिङ्ग क्यामरा–२ सञ्चालित गरेर चन्द्र धरातलको तस्बिर खिचेका हुन् । २३ अगस्टमा खिचिएको तस्बिर इसारोले २६ अगस्टमा आफ्नो आधिकारिक ट्वीटर ह्याण्डलबाट सार्वजनिक गरेको हो ।

चन्द्रयान–२ ले खिचेको चन्द्र धरातलको यस तस्बिरमा ज्याक्सन, मच, कोरोलेभ र क्रेटर देखिएका छन् । चन्द्र सतहमा ठूल्ठूला खाडल रहेका छन् । पृथ्वीका वैज्ञानिकले यी खाडल (क्रेटर) लाई नामाकरण गरेका छन् । प्रायः चन्द्र खाडल (क्रेटर) को नाम चन्द्रयात्री वैज्ञानिकको नाममा राख्ने चलन रहेको छ ।

चन्द्रयान–२ को ल्याण्डिङ्ग गर्ने दिन नजिकिँदै जाँदा इसरोका वैज्ञानिकले यसको गतिविधि वृद्धि गर्दै गइरहेका छन् ।

चित्रमा देखिएको ज्याक्सन क्रेटर चन्द्रमाको भागमा पर्छ । यस क्रेटरको व्यास ७ किलोमिटर रहेको छ।

प्रशिद्ध भारतीय भौतिकशास्त्री शिशिर कुमार मित्रको नामबाट ‘मित्र क्रेटर’ नामाकरण गरिएको खाडलको व्यास ९२ किलोमिटर छ ।
चित्रमा देखिएको कालोलेभ क्रेटरको व्यास ४३७ किलोमिटर छ । यस क्रेटरका वरिपरि थुप्रै स–साना क्रेटरहरु छन् ।

समरफिल्ड नामको क्रेटरको व्यास १६९ किलोमिटर छ र यो चन्द्रमाको उत्तरी भागमा छ । यो क्रेटर पर्वत शृङ्खलाबाट घेरिएको छ । यसको नाम प्रशिद्ध जर्मन भौपितकशास्त्री डा. अर्नोल्ड समरफील्डको नाममा राखिएको हो । डा. अर्नोल्ड ख्यातिलवध अणुविज्ञ र क्वाण्टम फिजिक्सका ज्ञाता थिए ।

यसैगरी चित्रमा देखिएको किर्कवुड क्रेटरको नाम प्रशिद्ध अमेरिकी अन्तरिक्ष यात्राी टेनियल किर्कवुडको सम्मानमा राखिएको हो । यस क्रेटरको व्यास ६८ किलोमिटर रहेको छ ।

चन्द्र सतहमा रहेका प्लासकेट (१०९ किमि० रोहडेस्टेन्वेन्सिकी ) १७७ किमि० र हर्मिट क्रेटर ब्रह्माण्डकै चिसो ठाउँमा पर्छन् । यहाँको तापमान २५ केल्भिन अर्थात माइनस २४८ डिग्री सेल्सियस हुन्छ ।

इसरोका अनुसार चन्द्रयान–२ को भौतिक अवस्था राम्रो छ । वैज्ञानिकहरुले २८ अगस्टमा पुनः यसको कक्ष परिवर्तन गरी यसलाई चन्द्रसतहको झनै नजिक लैजाने छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.