Nepal Times
Nepal Times
3
Shares

चर्च ब्वाइज च्याम्पियन बन्दै बी डिभिजनमा बढुवा

चर्च ब्वाइज च्याम्पियन बन्दै बी डिभिजनमा बढुवा

३० चैत, ललितपुर । चर्च ब्वाइज युनाईटेड सहिद स्मारक सी डिभिजन लिगको च्याम्पियन बन्दै बी डिभिजनमा बढुवा भएको छ ।

ललितपुर स्थित एन्फा मुख्यालयको मैदानमा सम्पन्न सुपर सिक्सको अन्तिम लिग खेलमा झापा फुटबल क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइजले उपाधिसँगै बी डिभिजनमा बढुवा भएको हो । चर्च ब्वाइजलाई जित दिलाउन रुजन माझी र सोम थापाले एक एक गोल गरे । झापाका श्यामु मुर्मुले एक गोल फर्काएका थिए । च्याम्पियन हुँदै बी डिभिजनमा बढुवा भएको चर्च ब्वाइजले नगद १० लाख रुपैयाँ हात पार्दा दोस्रो भएको विरगञ्जले ७ लाख र तेस्रो सामाजिक युवा क्लबले ४ लाख रुपैयाँ हात पार्यो ।

चर्च ब्वाइज यसै सिजन सि डिभिजनमा बढुवा भएको थियो । एक वर्ष नहुँदै चर्च ब्वाइजले फड्को मार्न सफल भएको हो । यस्तै विरगंज युनाइटेड क्लब र सामाजिक युवा क्लब पनि बी डिभिजनमा बढुवा भएका छन् । खालीबारी युथ क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै विरगंज बढुवा भएको हो । सामाजिक भने २ वर्षपछि बी डिभिजनमा उक्लिन सफल भएको छ । प्रतियोगितामा चर्च ब्वाइज युनाईटेडका मिडफिल्डर साइमन लिम्बु सहिद स्मारक सी डिभिजन लिगका उत्कृष्ट मिडफिल्डर चुनिएका छन् ।

यस्तै विरगंज युनाईटेडका विवेक चौधरी उत्कृष्ट स्ट्राइकर चुनिँदा विरगंज युनाईटेडका दिल मणि चौधरी उत्कृष्ट गोलकिपर, चर्च ब्वाइजका सोनम राई उत्कृष्ट डिफेन्डर र सामाजिक युवा क्लबका सन्दीप खड्का उत्कृष्ट प्रशिक्षक घोषित भए । उत्कृष्ट हुनेले जनही २५/२५ हजार रुपैयाँ प्राप्त गरे । लिगमा झापा फुटबल क्लबले फेयर प्ले टिमको अवार्ड सहित ५० हजार रुपैयाँ प्राप्त गर्यो । सानोगौचरण युवा क्लब सि डिभिजनबाट पनि घटुवा भएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.