Nepal Times
Nepal Times
3
Shares

चलचित्र ‘हाउसफुल ४’ को गीत ‘छामो’ सार्वजनिक(भिडियो)

चलचित्र ‘हाउसफुल ४’ को गीत ‘छामो’ सार्वजनिक(भिडियो)

५ कात्तिक, काठमाडौँ ।
बलिउड चलचित्र ‘हाउसफुल ४’ जको नयाँ गीत सार्वजनिक भएको छ । ‘छामो’ बोलको गीतमा सोहिल सेन , श्रेया घोसाल , सदावको स्वर रहेको छ भने समीर अन्जानको शब्द रहेको छ ।

गीतको भिडियोमा अभिनेता अक्षय कुमार, रितेश देशमुख, बबी देवल, कीर्ति सेनन, पूजा हेग्डे, कीर्ति लगायतका कलाकारको दमदार नृत्य रहेको छ ।यस चलचित्रको गीत तयार गर्न निकै मिहिनेत गरेको देखिन्छ । फरहाद साम्जीले निर्देशन गरेको चलचित्र अक्टोबर २५ मा रिलिज हुने तयारीमा छ ।

अभिनेता अक्षय कुमार , रितेश देशमुख , जोनी लिभर , वुमन इरानी , चंकी पाण्डेलगायतको धमाकेदार कमेडी फिल्म ‘हाउसफुल’ सफल कमेडी चलचित्रमा गनिन्छ । चलचित्रको ३ वटा सिरिज निर्माण भैसकेका छन् र सबैलाई दर्शकको माया मिलेको छ ।

चलचित्रमा नयाँ सदस्यको रूपमा बबी देओल , कृति सानोन , पूजा हेग्डे , कृति खरबांडा , राणा डग्गुवती , नवाजुदीन सिद्दिकी भित्रिएका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.