Nepal Times
Nepal Times
3
Shares

चिकित्सक, आईसीयू र भेन्टिलेटरविहीन मुस्ताङ

चिकित्सक, आईसीयू र भेन्टिलेटरविहीन मुस्ताङ

३१ बैशाख, मुस्ताङ । अघिल्लो पटक कोरोनाको असर नदेखिएको हिमाल पारीको जिल्ला मुस्ताङमा दोस्रो भेरियन्टको प्रभाव देखा परेसँगै स्थानीयवासीमा त्रास फैलिएको छ ।

मुस्ताङमा कोरोना महामारीको दोस्रो लहरका ८९ जना संक्रमित छन् । जिल्लाको चारवटै गाउँपालिकामा संक्रमित पुगेका छन् ।

संक्रमितमध्ये अधिकांशमा लक्षण रहेको र धेरैलाई अक्सिजनको आवश्यकता रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

‘यहाँ उच्च सजगता अपनाइएकै हो, अहिले लक्षणसहितका संक्रमितको सङ्ख्या बढ्दो छ,’ स्वास्थ्य कार्यालय मुस्ताङका प्रमुख टीकाराम भण्डारीले भने, ‘संक्रमितलाई उच्च निगरानीमा होम आइसोलेसन र अस्पतालमा राखिएको छ ।’

मुस्ताङ अस्पतालमा छ शय्याको आइसोलेसन बनाइएको छ । ती छ वटै शय्यामा अक्सिजनको व्यवस्था रहेको भएपनि भेन्टिलेटर र सघन उपचार कक्ष भने छैन । भेन्टिलेटर र सघन उपचार कक्ष नरहेका कारण चुनौतीबीच कोरोनाको सामना गरिरहेको सहायक प्रमुख जिल्ला अधिकारी जगदीश अर्यालले बताए ।

सामान्य समयमा समेत बाहिरी जिल्लाबाट मुस्ताङका विभिन्न स्थानमा भ्रमणको लागि पुग्ने सर्वसाधारणको लागि अक्सिजनको कमी हुने मुस्ताङले अहिले कोरोनासँग जुध्न अक्सिजनको समस्या टड्कारो बनेको छ ।

‘स्थानीय तहमा पनि आइसोलेसन बनेका छन् । तर अक्सिजन पु¥याउन सकिएको छैन्,’ अर्यालले भने, ‘जनसङ्ख्या थोरै भएर के गर्नु छिरोलिएको ठूलो जिल्ला भएकाले व्यवस्थापनमा कठिन भैरहेको छ ।’ मुस्ताङमा १३ हजारको हाराहारीमा जनसङ्ख्या छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.