Nepal Times
Nepal Times
3
Shares

चितवनमा थप तीन संक्रमितको मृत्यु

चितवनमा थप तीन संक्रमितको मृत्यु

२२ वैशाख, चितवन ।
कोरोना संक्रमणका कारण चितवनमा थप तीनजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा चितवन, अर्घाखाँचीका र रुपन्देहीका एक–एकजना छन् । भरतपुर अस्पतालमा उपचारका क्रममा भरतपुर महानगरपालिका–२५ का ४५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

निमोनियाको समस्या भई वैशाख १९ गते अस्पतालमा भर्ना भएका उनमा २० गते कोरोना संक्रमण पुष्टि भएको थियो । कोभिड संक्रमण पुष्टिपछि कोभिड सघन उपचारकक्षमा उपचारका क्रममा आज बिहान ५ः३५ बजे मृत्यु भएको हो ।

यस्तै, रुपन्देहीको बुटवल उपमहानगरपालिका–९ का ४२ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । उनको चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।

उनी श्वासप्रश्वासमा समस्या आई यही वैशाख २१ गते मेडिकल कलेजमा आएका थिए । उनमा २१ गते कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपश्चात अस्पतालमा उपचारका क्रममा उनको मंगलबार राति २ः३० बजे मृत्यु भएको हो ।

यसैगरी, अर्घाखाँचीको भूमिकास्थानका एक पुरुषको कोरोनाका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा भूमिकास्थान–१ का ४२ वर्षीय पुरुष रहेको चितवन मेडिकल कलेजले जनाएको छ ।

कलेजका अनुसार श्वासप्रश्वासमा समस्या आई यही वैशाख २१ गते अस्पताल आएका उनको राति २ः०२ बजे मृत्यु भएको हो । उनमा वैशाख २० गते बुटवलको नेसनल प्याथोल्याबमा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको थियो ।(रासस)

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.