Nepal Times
Nepal Times
3
Shares

चीनद्वारा विदेशी पर्यटकलाई प्रवेशमा रोक

चीनद्वारा विदेशी पर्यटकलाई प्रवेशमा रोक

१४ चैत, एजेन्सी । चीनले शनिवार देखि लागु हुनेगरी केहि समयका लागि कुनै पनि विदेशी पर्यटकलाई देश नभित्राउने घोषणा गरेको छ । भिसा र आवासिय अनुमति भएकालाई पनि चीन प्रवेशमा रोक लगाइने भएको छ ।

साथै चीनले चिनिया तथा विदेशी एयरलायन्सको उडान प्रति साता एउटैमा सिमित गरेको छ । ति उडानमा पनि यात्रुको संख्या क्षमता भन्दा ७५ प्रतिशत भन्दा बढि हुन नहुने बताइउको छ ।

शुक्रवार चीनले सार्वजनिक गरेको तीन दिन यताको कोरोना भाइरस संक्रमणको घटनामा झण्डै सबै विदेशबाट आएका व्यक्तिमा पाइएको जनाएको छ । विहिवार चीनभरि देखिएका ५५ वटा नयाँ संक्रमणका घटना मध्ये ५४ जना विदेशबाट आएका व्यक्तिमा पाइएको जनाइएको छ । (रासस)

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.