Nepal Times
Nepal Times
3
Shares

चीनले दिएका चार सय थान अक्सिजन सिलिन्डर जहाजमार्फत नेपाल ल्याइयो

चीनले दिएका चार सय थान अक्सिजन सिलिन्डर जहाजमार्फत नेपाल ल्याइयो

२८ बैशाख, काठमाडौं । नेपाल एअरलाइन्सको जहाजले चीनको बेइजिङबाट अक्सिजन सिलिन्डर र भेन्टिलेटर नेपाल ल्याएको छ ।

सोमवार (हिजो) राती बेइजिङ गएको नेपाल एअरलाइन्सको वाइडबडी जहाज केही बेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

जहाजले चार सय थान खाली अक्सिजन सिलिन्डर, एक सय ६० थान अक्सिजन कन्सन्ट्रेटर र १० वटा भेन्टिलेटर गरी ३० टन सामग्री ल्याएको हो । सिलिन्डरलगायत सामग्री त्रिभुवन विमानस्थलमै चीनले नेपाललाई हस्तान्तरण गरेको छ ।

चीनले दिने २० हजार खाली सिलिन्डरमध्ये पहिलो चरणमा चार सय खाली सिलिन्डर ल्याइएको हो । बीस हजार सिलिन्डरमध्ये दुई हजार विमानबाट र १८ हजार सडक मार्ग हुँदै नेपाल ल्याउने योजना छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.