Nepal Times
Nepal Times
3
Shares

चैत १७ गते देखि २८ सम्म पोखरामा आहा रारा हुने

चैत १७ गते देखि २८ सम्म पोखरामा आहा रारा हुने

१० फागुन, काठमाडौँ । चैत १७ गते देखि २८ गतेसम्म पोखरा रंगशालामा हुने १९ औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको प्रत्यक्ष प्रसारणका लागि साहरा क्लबले कथा नेपाल प्रालिसँग एक वर्षे सम्झौता गरेको छ ।

आयोजक सहारा क्लबले काठमाडौंमा एक कार्यक्रम गरी देखापढी डटकमको प्रकाशक कथा नेपाल प्रालिसँग एक वर्षे सम्झौता गरेको हो ।

सहारा क्लबका अध्यक्ष केशवबहादुर थापा र कथा नेपाल प्रालिका प्रबन्ध निर्देशक मनोज राज पाण्डेले सम्झौता पत्रमा हस्ताक्षर गरेर आदान प्रदान गरे ।

सम्झौतासँगै प्रतियोगिताको अडियो भिडियो अधिकार कथा नेपालसँग रहनेछ । त्यसबापत आयोजक साहरा क्लबलाई कथा नेपाल प्रालिले ५ लाख रुपैयाँ भुक्तानी गर्नेछ ।

प्रतियोगिता चैत १७ गते देखि २८ गतेसम्म पोखरा रंगशालामा हुने प्रतियोगितामा प्रतियोगितामा विदेशी क्लब, ए डिभिजनका क्लब, मोफसलका टिम र आयोजक सहरा क्लब पोखरा गरी १२ टिमको सहभागिता रहने छ ।

क्याराभान गोल्ड कप सहित २० वर्षदेखि सहारा क्लबले पोखरामा फुटबल प्रतियोगिता सञ्चालन गर्दै आएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.