Nepal Times
Nepal Times
3
Shares

जबरजस्ती करणी उद्योगका फरार प्रतिवादीहरु पक्राउ

जबरजस्ती करणी उद्योगका फरार प्रतिवादीहरु पक्राउ

६ कात्तिक, विराटनगर ।
जवरजस्ती करणी उद्योगका तीन जना फरार प्रतिबादीहरुलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा मोरङ धनपालथान–७ का २० बर्षीय जयकृष्ण मण्डल, २१ बर्षीय रोशनकुमार मण्डल र २३ बर्षीय मन्जित मण्डल रहेका छन् ।

उनीहरुलाई बुधबार राती ८ बजे आफ्नै गाँउ घर एरियामा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । पक्राउ परेका तीनै जनाले २०७६ साल साउन १५ गते राती ११ बजे मोरङकै १३ बर्षीया र १९ बर्षीयालाई जवरजस्ती करणी उद्योग गरी फरार रहेका थिए ।

प्रहरीको निगरानीमा रही पक्राउ परेका तीनै जना उपर ईलाका प्रहरी कार्यालय रंगेलीबाट कानुनी कारबाही अगाडि बढाईएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.