Nepal Times
Nepal Times
3
Shares

जम्मू-कश्मिरको रजौरीमा फायरिङ : भारतीय सेनामा कार्यरत नेपाली युवाको मृत्यु

जम्मू-कश्मिरको रजौरीमा फायरिङ : भारतीय सेनामा कार्यरत नेपाली युवाको मृत्यु

१३  मंसिर, काठमाडौं ।

भारतीय सेनामा कार्यरत नेपाली युवाको जम्मू–कश्मीरमा भएको भिडन्तमा मृत्यु भएको छ । शुक्रबार बिहान जम्मू–कश्मीरको रजौरी क्षेत्रमा ‘आतंकवादी’ले सेनाको टोलीमाथि आक्रमण गर्दा भारतीय सेनामा कार्यरत नायक नेपाली युवा प्रेमबहादुर खत्रीको मृत्यु हाे ।

भारतीय सेनाका अनुसार सो घटनामा गम्भीर घाइते भएका खत्रीको अस्पतालमा निधन भएको हो । खत्रीसँगै अर्का भारतीय एक भारतीय सैनिको पनि ज्यान गएको छ ।

दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ बेलुवाका ३० वर्षीय उनी १४ वर्षदेखि भारतीय सेनामा कार्यरत रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारत र पाकिस्तानबीच लगातार गोलीबारी भइरहने जम्मू कश्मीरमा नेपाली युवाहरुले ज्यान गुमाउँदै आएका छन्।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.