Nepal Times
Nepal Times
3
Shares

जुम्लाको पातारासीमा चार जना सम्पर्कविहीन

जुम्लाको पातारासीमा चार जना सम्पर्कविहीन

४ असार, जुम्ला । जुम्लाको पातारासी गाउँपालिका वडा नम्बर ४ का चार जना सम्पर्कविहीन भएका छन् ।

पाटनमा गएका पातारासी गाउँपालिका वडा नम्बर ४ का चार जना सम्पर्कमा नआएका जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले जानकारी दिए ।

थापाका अनुसार उनीहरु टुङटुङ लेखमा पालमा बसेका र ढुङ्गा खस्दा एक जना घाइते भएको खबर सुनेको तर त्यसपछि सम्पर्क हुन सकेको छैन ।

स्थानीय प्रशासनले हेलिकप्टरमार्फत उद्धारको तयारी गरे पनि मौसमले साथ नदिएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.