Nepal Times
Nepal Times
3
Shares

झलनाथले ओलीलाई भने – जनता कतातिर छन् सडकमा आएर हेर्नु

झलनाथले ओलीलाई भने – जनता कतातिर छन् सडकमा आएर हेर्नु

९ माघ, काठमाडौँ ।
नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षका बरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओली पार्टीको भगौडा भएको टिप्पणी गरेका छन् । शुक्रबार नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को केन्द्रीय संघर्ष समितिले प्रतिनिधि सभा विघटनको विरुद्दमा आयोजना गरेको विरोध सभामा सम्बोधन गर्दै बरिष्ठ नेता खनालले ओली नेकपाको भगौडा भएको टिप्पणी गरेका हुन् ।

नेकपा क्रान्ति र प्रतिक्रान्तिको विभिन्न श्रृङ्खला पार गर्दै ७१ वर्ष पार गरेको स्मरण गर्दै उनले केपी ओली कम्युनिष्ट आन्दोलनभित्रको घातक तत्व रहेको बताए । ओली नेकपाको अध्यक्ष बन्न लायक नरहेको उनको भनाई छ । ओलीले सानो गुट बनाएर पार्टीलाई चोइट्याएको उनले बताए । नेकपा बलियो र सुदृढ भएको भन्दै सुदृढ पार्टीमा गलत मान्छे बस्न नसक्ने र ओलीले प्रतिगमन गरेका कारण पार्टीबाट आफै भाग्नुपर्ने अवस्था आएको उनको भनाई छ ।

बरिष्ठ नेता खनालले संसद विघटनलाई प्रधानमन्त्री ओलीले राजनीतिक कदम भन्नेगरेको भन्दै यो राजनीतिक कदम नभई प्रतिगमनकारी कदम भएको बताए । प्रधानमन्त्रीले संविधान अनुसार चल्नुपर्ने उनको भनाई छ । प्रधामन्त्री ओलीले जनताले स्थिरताको निम्ति दिएको जनादेश विरुद्ध आक्रमण गरेको तथा संविधानलाई च्यातेर ध्वंसको थालनी गरेको उनले बताए । उनले जनता कतातिर छन् भनेर सडकमा आएर हेर्न प्रधानमन्त्री ओलीलाई आग्रह गरे ।

बरिष्ठ नेता खनालले संविधानले बनाएको सर्वोच्च अदालत भएकाले सर्वोच्चले संविधान बाहिर गएर कुनै व्याख्या विश्लेषण गर्न नमिल्ने बताए । सर्वोच्चले संसद पुर्नस्थापना गर्नुको विकल्प नभएको उनको भनाई छ । त्यसैगरी निर्वाचन आयोग पनि प्रचण्ड–माधवले नेतृत्व गरेको नेकपालाई नै आधिकारिक पार्टी भन्न बाध्य हुने उनले बताए । उनले प्रतिगमन नसच्चिएसम्म र केपी ओलीले घोडा नटेकेसम्म कफन बाँधेर सडकमा उत्रिने बताए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.