Nepal Times
Nepal Times
3
Shares

झापाको शरणार्थी शिविरबाट श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

झापाको शरणार्थी शिविरबाट श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

११ फागुन, झापा । झापाको दमक नगरपालिका-३ भुटानी शरणार्थी शिविर सेक्टर डि.४ छाप्रा नम्बर ३९ का ५५ बर्षीय शेरबहादुर राई श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ परेका छन् ।

आज बिहान ५ बजेको समयमा राईले मादक पदार्थ सेवन गरी ४९ बर्षीया श्रीमती बिष्णु माया तामाङ राईलाई कुटपिट गरी घटनास्थलमा नै हत्या गरेको भन्ने सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका-२ बाट राईलाई पक्राउ गरेको हो ।

श्रीमतीको हत्याको आरोपमा पक्राउ परेका राईको सम्बन्धमा थप अनुसन्धान भई रहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.