Nepal Times
Nepal Times
3
Shares

झापामा ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

झापामा ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

८ बैशाख, झापा । झापा मेचिनगर नगरपालिका १३ चारआली चौकस्थित पुर्व पश्चिम राजमार्गमा ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ ।

हिजो बेलुका साढे ७ बजे पश्चिमतर्फ जाँदै गरेको को २८ प ८८९१ नम्बरको मोटरसाईकललाई बिपरित दिशाबाट आउँदै गरेको मे १ ख८११ नम्बरको ट्रकले ठक्कर दिई दुर्घट्ना भएको थियो ।

सो दुर्घटनाबाट मोटरसाईकल चालक मोरङ पथ्रिशनिश्चरे नगरपालिका ९ का २१ बर्षीय प्रवेश बयलकोटी घाईते भई उपचारको लागि बी एण्ड सी अस्पताल बिर्तामोड पुर्याउनासाथ मृत्यु भएको थियो ।

सोही मोटरसाईकल पछाडी सवार सोही स्थान बस्ने २२ बर्षीय सागर लिम्बु समेत सामान्य घाईते भई मनकामना अस्पताल चारआलीमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

ट्रक र चालक झापा अर्जुनधारा २ का ५६ बर्षीय सुमन दनुवार प्रहरीको नियन्त्रणमा रहेको सो कार्यालयले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.