Nepal Times
Nepal Times
3
Shares

झापामा थप पाँच जनामा कोरोना पुष्टि, संक्रमितकाे संख्या २१ सय नाघ्याे

झापामा थप पाँच जनामा कोरोना पुष्टि, संक्रमितकाे संख्या २१ सय नाघ्याे

२० जेठ, विराटनगर ।
झापामा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा पाँच जनालाई कोरोना भेटिएको छ ।

संक्रमित पुष्टि भएकाहरु झापाको बुद्धशान्ति गाउँपालिकाले निर्माण गरेको होल्डिङ एरियाका रहेका छन् । जेठ १३ गते गाउँपालिकाको होल्डिङ एरियामा आएकाहरुको १४ गते नमुना संकलन गरी विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो । तर नमुना पठाएको ६ दिनपछि मंगलबार कोरोना परीक्षणको नतिजा आएको हो ।

संक्रमितमध्ये पाँचथरका १, ताप्लेजुङका तीन र झापाका १ जना रहेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख भोलानाथ अधिकारीले जानकारी दिए । उनीहरु भारतबाट स्वदेश फर्किएकाहरु हुन् । रिपोर्ट पोजेटिभ आएपछि पाँचजनालाई विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको अधिकारीले जानकारी दिए ।

झापामा पाँच जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार १ सय ४ पुगेको छ ।त्यस्तै प्रदेश १ मा कोरोना संक्रमितको संख्या १७२ पुगेको प्रदेश सरकारले जनाएको छ । संक्रमितमध्ये ४८ जना डिस्चार्ज भएका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.