Nepal Times
Nepal Times
3
Shares

टेकुमा बन्ने काठमाडौँ महानगरपालिकाको कार्यालय भवनको लागि टेन्डर आह्वान

टेकुमा बन्ने काठमाडौँ महानगरपालिकाको कार्यालय भवनको लागि टेन्डर आह्वान

३१ चैत, काठमाडौँ । टेकुमा बन्ने आफ्नो कार्यालय भवनको लागि काठमाडौँ महानगरपालिकाले टेन्डर आह्वान गरेको छ । भूमिगत पार्किङसहित ८ तल्ले भवनका लागि मंगलबार महानगरपालिकाले टेन्डर आह्वान गरेको हो ।

काठमाडौँ महानगरले आफ्ना सबै विभागलाई एकै ठाउँमा राख्न सकिने गरी भवन बनाउन टेन्डर आह्वान गरेको हो ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली यो कार्यालय भवन बनेपछि महानगरका छरिएर रहेका विभिन्न विभाग र कार्यालयहरुको सेवा एउटै भवनबाट दिन सकिने बताउँछन् ।

उनका अनुसार टेकुमा रहेको महानगरको वातावरण विभाग रहेको जग्गा ओगटेर सो भवन बन्नेछ ।

महानगरका शहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेत भवन आधुनिक भएपनि अगाडिको मोहोडा परम्परागत शैलीको हुने बताउँछन् ।  अहिले महानगरका केही विभागबाहेक मुख्य कार्यालय भाडाको घरमा बसिरहेको छ ।

कुल ६ हजार ७ सय वर्ग मिटरको भवन वरपर पर्याप्त खुला क्षेत्र रहनेछ । ६० वटा गाडी र सय भन्दा बढी मोटरसाइकल पार्किङ गर्न मिल्नेछ ।

भूकम्पले बागदरबारमा क्षति पु¥याएपछि महानगरपालिकाको अहिले आफ्नै कार्यालय भवन छैन । भूकम्प अघिसम्म आफ्नो मुख्य कार्यालय रहेको बागदरबारलाई भत्काउने योजनलाई सर्बोच्च अदालतले रोकेपछि महानगरपालिकले टेकुमा भवन बनाउन लागेको हो ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.