Nepal Times
Nepal Times
3
Shares

ट्रान्सपरेन्सी इन्टरनेसनलको प्रतिवेदन राजनीतिक पूर्वाग्रहबाट प्रेरित : सरकार

ट्रान्सपरेन्सी इन्टरनेसनलको प्रतिवेदन राजनीतिक पूर्वाग्रहबाट प्रेरित : सरकार

१४ मंसिर, काठमाडौं ।

सरकारले ट्रान्सपरेन्सी इन्टरनेसनलको एसिया प्रतिवेदन-२०२० अस्वीकार्य भएको बताएको छ । सञ्चार, सूचना तथा प्रविधिमन्त्री पार्वत गुरुङले आइतबार आयोजित पत्रकार सम्मेलनमा नेपाल सरकारको तर्फबाट जारी प्रेस विज्ञप्ति वाचन गर्दै  प्रतिवेदनलाई पूर्वाग्रहबाट प्रेरित भएको बताए।

ट्रान्सपरेन्सी इन्टरनेसनलको एसिया प्रतिवेदन-२०२० मा नेपालमा प्रधानमन्त्री नै भ्रष्टाचारका आरोपी सहकर्मीहरुको प्रतिरक्षामा उत्रिएको उल्लेख गरिएको छ । तर सरकारले भने यो प्रतिवेदनमा आफ्नो असहमति रहेको र अस्वीकार्य बताएको हाे ।

‘उक्त संस्थाले हालै सार्वजनिक गरेको प्रतिवेदन पूर्णतः राजनीतिक पूर्वाग्रहबाट प्रेरित छ। प्रमाणित नभएका आधारहीन तथ्य तथ्यांक जुटाएर कुनै अनुसन्धान बिनै मनोगत धारणाबाट अभिप्रेरित छ’, उनले भने।

मन्त्री गुरुङले सरकार र सत्ताधारी दललाई बदनाम गर्ने प्रयास स्वरुपमा आएको यो प्रतिवेदनलाई सरकारले अस्वीकार गर्ने बताए। ‘ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल र तिनमा आबद्ध व्यक्तिहरुको दलीय आबद्धता, तिनको स्वच्छता र निश्पक्षता कति भरपर्दो छ भन्ने कुरामा विश्वास गर्न सकिन्नँ’, उनले भने।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.