Nepal Times
Nepal Times
3
Shares

डोटी : पहिरोले सडक अवरुद्ध, सदरमुकाम आवतजावत गर्न समस्या

डोटी : पहिरोले सडक अवरुद्ध, सदरमुकाम आवतजावत गर्न समस्या

३ साउन, डोटी ।

तीन दिनदेखिको लगातार वर्षाका कारण जिल्ला सदरमुकाम सिलगढी कलेना, मछिन्तोला, दल्लेक, मेल्लेक हुँदै बझाङ जोड्ने सडक अवरुद्ध भएको छ । यस सडक अन्तर्गत सिलगढीको चिसापानी भन्ने ठाउँमा सडक माथिबाट पहिरो आउँदा सडक अवरुद्ध भएको हो ।

सडक अवरुद्ध भएपछि यातायात सञ्चालन गर्न समस्या हुनुका साथै नागरिकलाई जिल्ला सदरमुकाम सिलगढी आवतजावत गर्नमा समस्या भएको छ ।

पहिरोले सडक अवरुद्ध गरेपछि बिरामीलाई जिल्ला अस्पताल लैजान तथा गाउँमा अत्यावश्यक सामग्री ढुवानी गर्नमा समेत समस्या उत्पन्न भएको दिपायल सिलगढी नगरपालिका–९ कलेनाका स्थानीय मानबहादुर साउँदले जानकारी दिए ।

यसैगरी पहिरोले खानेपानीको मुहानका पाइपलाइन बगाएकाले सिलगढी बजारमा तीन दिनदेखि खानेपानीको हाहाकार भएको सिलगढी खानेपानी उपभोक्ता समितिका प्रमुख रामचन्द्र धामीले जानकारी दिए ।

उनका अनुसार पहिराले बगाएको खानेपानी मर्मतका लागि कर्मचारी खटिए पनि ठाउँ ठाउँमा पहिरो गएकाले मर्मत गर्न सकिएको छैन् ।

पहिरो पन्छाइ अवरुद्ध सडक सञ्चालनका लागि कुनै पनि निकायबाट पहल नभएको भन्दै यहाँका नागरिक आक्रोशित बनेका अर्का स्थानीय पहलसिंह साउँदको भनाइ छ । जिल्लामा अहिले पनि वर्षा सुरु भइरहेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.