Nepal Times
Nepal Times
3
Shares

डोरियन आँधीका कारण बहमासमा २ हजार ५०० जना वेपत्ता

डोरियन आँधीका कारण बहमासमा २ हजार ५०० जना वेपत्ता

२६ भदौ, एजेन्सी ।

बहमासमा डोरियन आँधीका कारण २ हजार ५०० जना वेपत्ता रहेको अधिकारीहरुले बताएका छन्।

अमेरिका र क्यानडामा समेत प्रभाव पारेको डोरियनले बहमासमा मात्रै ५० जनाको मृत्यु भएको थियो। आँधीका कारण विस्थापित भएका हजारौं मानिसलाई अस्थायी शिविरमा राखिएको छ।

प्रति घण्टा २९८ किलोमिटर प्रति घण्टाको गतिमा आएको आँधीका नस्साउ टापुमा प्रत्येक परिवारका कोही न कोही सदस्य हराइरहेको अधिकारीहरुले बताएका छन्।

आँधीका कारण अमेरिका र क्यानडामा समेत जनजीवन प्रभावित भएको छ। सडक किनारका रुखहरु ढल्नुका साथै ४ लाख ५० हजार घरहरुमा बिजुली सेवा अवरुद्ध भएको बताइएको छ। आँधी प्रभावित क्षेत्रका मानिसलाई सुरक्षित स्थानमा बस्न सूचना जारी गरिएको छ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.