Nepal Times
Nepal Times
3
Shares

तरकारी कुहियो ग्राहक महगोमा किन्न बाध्य

तरकारी कुहियो ग्राहक महगोमा किन्न बाध्य

१५ चैत, काठमाडौं । आज देश लकडाउन भएको पाँचौ दिन । सडक सुनसान छ नागरिक आफ्नो घर कोठामा छन् । सडकमा अत्याबश्यक बाहेकका सवारी साधन गुडेका छैनन् ।

आवश्यकता,पीडा र आभावका बीच जनताले सरकारलाई सहयोग गरेका छन् । यता तरकारी उत्पादक किसान, बिक्रेता र ग्राहक बीच सम्बन्ध टुटेको छ । किसानको तरकारीजन्य उत्पादन धेरै त खेतबारी टनेलमा छन् । बजार आएको पनि पसलमा नै थन्किएको छ । अर्को तपÞर्m ग्राहक उपभोक्ताले तरकारी फलफूल पाएका छैनन, पाए पनि महँगो मूल्यमा खरिद गर्नु परेको छ ।

काठमाडौँ उपत्यकाको तरकारीको थोक बिक्रि केन्द्र रहेको कालिमाटी बजारमा भने तरकारी कुहिन थालेको छ । बिहान २ बजे देखि ६ बजे सम्म खरिद बिक्रि गर्न निश्चित समय तोकिए पछि काठमाडौँ आएको तरकारी राम्रो सँग बिक्रि भएको छैन । लामो सँग बिक्रि नभएको हरियो तरकारी कुहिएर फाल्नुपरे पछि काठमाडौँ महानगरले कीटनासक औषधी छर्कनु परेको छ ।

स्थानीय किसानको तरकारी बजार आउन नपाएको तर भारतबाट आउने तरकारी निर्वाध बजार सम्म आएको स्थानीय बिक्रेताले गुनासो पनि गरेका छन् । यस्तै बल्खु तरकारी बजारमा भने केहि चहलपहल देखिएको छ तर गुनासो भने उस्तै छ तरकारी बिक्रि भएको छैन । तरकारी कुहिएर जान थालेपछि मूल्य भने बढेको छ । कुहिएर बाँकी रहेको तरकारी बाट परलमोल उठाउन बिक्रेताले मूल्य बढाएको ग्राहकले गुनासो गरेका छन् । सरकारले तरकारी बजारमा भएको तरकारी उपभोक्ता सम्म पुर्याउन छुट्टै संयन्त्र बनाउनु पर्ने देखिन्छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.