Nepal Times
Nepal Times
3
Shares

तोकिए भन्दा छ गुणा बढी भाडा लिने गाडी कारबाहीमा

तोकिए भन्दा छ गुणा बढी भाडा लिने गाडी कारबाहीमा

२४ बैशाख, काभ्रेपलाञ्चोक । कोरोना सङ्क्रमणको दोस्रो लहरसँगै जोखिम बढेपछि काठमाण्डौ उपत्यकाबाट धनुषाको जनकपुरसम्म जाँदा करिब छ गुणा बढी भाडा लिने गाडीलाई जिल्ला ट्राफिक कार्यालय काभ्रेपलाञ्चोकले कारबाही गरेको छ ।

काठमाण्डौबाट जनकपुर गइरहेको समयमा काठमाण्डौ पूर्वी–नाका साँगामा १५ जना यात्रु बोकेर आएको गाडीलाई जाँचका क्रममा बढी भाडा असुलेको भन्दै कारबाही गरिएको कार्यालयले जनाएको छ ।

प्रतियात्रु १५ हजार रुपैयाँका दरले भाडा लिएको जनाउँदै चालक सुरज भण्डारीसहित गाडीलाई यातायात व्यवस्था विभागमा कारबाहीका लागि सिफारिश गरिएको कार्यालय प्रमुख ट्राफिक इञ्चार्ज प्रमिला श्रेष्ठले जानकारी दिए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.