Nepal Times
Nepal Times
3
Shares

त्रिकोणात्मक टि–२० सिरिजमा नेदरल्याण्ड्स र मलेसिया खेल्दै

त्रिकोणात्मक टि–२० सिरिजमा नेदरल्याण्ड्स र मलेसिया खेल्दै

५ वैशाख, काठमाडौँ । त्रिकोणात्मक टि–२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृङ्खलामा आज नेदरल्याण्ड्स र मलेसिया खेल्दैछन् ।

र्कीर्तिपुर मैदानमा खेल दिउँसो सवा बाह्र बजेपछि सुरु भएको छ । श्रृङ्खलामा नेदरल्याण्ड्सको यो दोस्रो खेल हो भने मलेसियाको पहिलो खेल हो ।

हिजो भएको पहिलो खेलमा नेपालले नेदरल्याण्ड्सलाई ९ विकेटले हराएको थियो । नेपालले भोलि मलेसिया र पर्सि नेदरल्याण्ड्ससँग खेल्नेछ ।

त्यस्तै नेपालले लिग चरणको अन्तिम खेलमा मलेसियासँग नौ गते खेल्नेछ। आठ गते मलेसिया र नेदरल्याण्ड्स खेल्नेछन् । प्रतियोगितामा एक टिमले दुई/दुई खेल खेल्नेछन् ।

प्रतियोगिताको फाइनल खेल वैशाख ११ गते हुनेछ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.