Nepal Times
Nepal Times
3
Shares

त्रिकोणात्मक सिरिज खेल्न नेपाल आइपुग्यो नेदरल्यान्ड्स क्रिकेट टोली

त्रिकोणात्मक सिरिज खेल्न नेपाल आइपुग्यो नेदरल्यान्ड्स क्रिकेट टोली

३१ चैत, एजेन्सी । वैशाख पहिलो साता कीर्तिपुर मैदानमा नेपाल र मलेसियासँग खेल्ने टि२० आई त्रिकोणात्मक सिरिजको लागि नेदरल्यान्ड्स क्रिकेट टोली नेपाल आइपुगेको छ ।

नेदरल्यान्ड्सको टोली विहान ९ बजे त्रिभुवन विमानस्थलमा आईपुगेको हो ।

नेपाल क्रिकेट संघ(क्यान)का म्यानेजर विनोद दासले नेदरल्यान्ड्सको टोली त्रिभुवन विमानस्थल आइ पुगेको जानकारी दिएका छन् । नेदरल्यान्ड्सको टोली ल्याउन क्यानको एक टोली विमानस्थल पुगि सकेको छ ।

मलेसियाको टोली पनि दिउँसो १२ बजे नेपाल आइपुग्ने कार्यक्रम छ । यी दुबै टोली नेपाल आइपुगेको २४ घण्टा भित्र होटलमै रहने छन् । सबैको कोरोना परिक्षण हुने छ । कोरोना नेगेटिभ आएपछि मात्र मैदानमा प्रवेश गर्न पाउने छन् ।

नेदरल्यान्ड्ले आफ्नो पहिलो खेलमा नेपालसँग वैशाख ४ मा खेल्ने छ । दोस्रो खेलमा नेपालले मलेसियासँग वैशाख ६ मा खेल्ने छ । नेपालले तेस्रो खेल नेदरल्यान्ड्सँग वैशाख ७ मा खेल्ने छ ।

नेपालले आफ्नो सिरिजको लिगको अन्तिम खेल वैशाख ९ गते खेल्ने छ । लिगमा शीर्ष दुईमा रहने सके नेपालले वैशाख ११ गते फाइनल खेल्ने छ ।

क्यानले त्रिकोणात्मक मूल्य १ सय ५० रुपैयाँ तोकेको छ । सबै खेल दिउँसो २ः१५ देखि सुरु हुने छन् । नेपाली टोली २० सदस्य टोली बन्द प्रशिक्षणमा छ । अन्तिम १४ सदस्य टोली घोषणा भने हुन बाँकी छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.