Nepal Times
Nepal Times
3
Shares

त्रिवि अन्तर्गतका सबै क्याम्पसहरुमा भौतिक रुपमै नियमित पठनपाठन हुने

त्रिवि अन्तर्गतका सबै क्याम्पसहरुमा भौतिक रुपमै नियमित पठनपाठन हुने

१६ मंसिर, काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सबै क्याम्पस, विभाग र स्कुलहरूमा नियमित पठनपाठन हुने भएको छ ।

त्रिवि कार्यकार्यकारी परिषद्को बैठकले नोवेल कोरोना भाइरस (कोभिड–१९) का कारण रोकिएको पढाइलाई निरन्तरता दिने निर्णय गरेको रेक्टर प्रा।डा। शिवलाल भुसालले जानकारी दिए ।

भौतिक उपस्थितिमै विद्यालय सञ्चालन गर्नुपर्ने आवश्यता अनुसार स्वास्थ्य मापदण्ड पालना गरेर पढाइ सञ्चालन गर्न लागेको प्रा।डा। भुषालले जानकारी दिए ।

यद्यपि भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्न सम्भव नभए अन्य वैकल्पिक विधिको प्रयोग गर्न सकिने त्रिविद्वारा जारी सूचनामा उल्लेख छ ।

त्रिविले पूर्वतयारी र सतर्कता अपनाउँदै परीक्षाहरू पनि भौतिक रुपमै सञ्चालन गर्ने भएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.