Nepal Times
Nepal Times
3
Shares

त्रिवि उपकुलपति कार्यालय अगाडि नेविसंघद्वारा टायर बालेर प्रदर्शन, उपकुलपतिलाई कार्यालय प्रवेशमा रोक

त्रिवि उपकुलपति कार्यालय अगाडि नेविसंघद्वारा टायर बालेर प्रदर्शन, उपकुलपतिलाई कार्यालय प्रवेशमा रोक

२ असोज, काठमाडौं । नेविसंघले त्रिभुवन विश्वविद्यालयका उपकुलपति कार्यालय अगाडि टायर बालेर प्रदर्शन गर्दै उपकुलपति धर्मकान्त बाँस्कोटालाई कार्यालय प्रवेश गर्न दिएको छैन ।

शुक्रबार नेविसंघले उपकुलपतिलगायत पदाधिकारी प्रवेशमा अवरोध गरेको हो। उपकुलपति कार्यालय अगाडि सडकमा टायर बालेर नेविसंघ त्रिवि समितिले प्रदर्शन पनि गरेको थियो ।

त्रिविले छ महिना हुँदा पनि परीक्षा र पठनपाठनको उचित व्यवस्थापन गर्न नसकेको, त्रिविमा नेपाल कम्युनिष्ट पार्टी नेकपा निकटका मानिसलाई भर्ती केन्द्र बनाएको र नेविसंघ त्रिवि सचिव योगेन्द्र रावललाई झूटा मुद्दा लगाएको भन्दै नेविसंघले त्रिवि पदाधिकारीलाई प्रवेशमा रोक लगाएको थियो।

नेविसंघले यसअगाडि राखेका माग पनि त्रिविले सुनुवाइ नगरेको र वार्तामा नबोलाएको नेविसंघको आरोप छ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.