Nepal Times
Nepal Times
3
Shares

दल परिवर्तन गर्दै मन्त्री बनेका टंक आङ्बुहाङको सांसद पद खोसियो

दल परिवर्तन गर्दै मन्त्री बनेका टंक आङ्बुहाङको सांसद पद खोसियो

२३ चैत, विराटनगर । नेकपा माओवादी केन्द्रले प्रदेश १ सरकारका आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बुहाङको सांसद पद खोसेको छ ।

संसदीय दलको नेतृत्व छाडेर एमाले प्रदेश गर्दै मन्त्री बनेका आङ्बुहाङलाई माओवादी केन्द्रले सासद्बाट हटाएको हो ।

सांसदबाट हटाएको जानकारी आजै प्रदेशसभालाई जानकारी दिने माओवादी केन्द्रको तयारी रहेको माओवादी केन्द्र संसदीय दलका नेता इन्द्र आङ्बोले बताए ।

दल त्याग गर्दै वर्तमान प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्री बनेका प्रदेशसभा सदस्य टंक आङ्बुहाङलाई चैत १७ गते नेकपा माओवादी केन्द्र प्रदेश १ संसदीय दलले २४ घण्टे स्पष्टीकरण सोधेको थियो ।

तर उनले स्पष्टीकरण बुझाएनन् । स्पष्टीकरण नबुझाएपछि पार्टीले पदमुक्त गरेको हो ।

नेकपा विभाजनमा एमाले प्रवेश गर्दै मन्त्री बनेका आङ्बुहाङको कार्यकाल अब ६ महिनाको मात्रै हुनेछ ।

गैर सांसदले ६ महिना मात्रै मन्त्री बन्न पाउने प्रावधान छ । उनले चैत १३ गते मन्त्रीको पदभार ग्रहण गरेका थिए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.