Nepal Times
Nepal Times
3
Shares

दाङमा आगोले जलेर एक वर्षकी बालिकाको मुत्यू

दाङमा आगोले जलेर एक वर्षकी बालिकाको मुत्यू

७ बैशाख दाङ । दाङमा आगलागी हुँदा एक वर्षकी बालिकाको ज्यान गएको छ । आमा घाइते भएकी छिन् ।

राप्ती गाउँपालिका–५ कालापानीमा गएराति आगो ताप्ने क्रममा शरीरमा लगाएको कपडामा आगो सल्किँदा आगलागी भएको हो ।

आगलागीमा जलेर गम्भीर घाइते भएकी बालिकाको लमही अस्पताल दाङमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

घाइते ४४ वर्षकी आमा पुनम सुनारको लमही अस्पतालमा नै उपचार भइरहेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.