Nepal Times
Nepal Times
3
Shares

दाङमा बढ्दै सङ्क्रमित, जटिल बन्दै स्वास्थ्य सेवा

दाङमा बढ्दै सङ्क्रमित, जटिल बन्दै स्वास्थ्य सेवा

१४ बैशाख, दाङ । दाङमा दिन प्रतिदिन कोरोना भाइरसका सङ्क्रमितहरू बढिरहँदा स्वास्थ्य सेवा भयावह बन्ने अवस्था देखिन थालेको छ ।

सङ्क्रमित बढिरहँदा जटिल प्रकारका बिरामीहरू राख्ने ठाउँको समेत अभाव भएको छ ।

दाङमा कोरोना सङ्क्रमिको कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचार भइरहेको छ । केही दिनयता घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले पनि सङ्क्रमितको उपचार गर्न सुरु गरेको छ ।

तर यी दुवै अस्पताल कोरोनाका जटिल बिरामीले भरिएको छ । अन्य धेरैजसो सङ्क्रमित घरमै रहेका छन् । तर घरमा भएका सङ्क्रमितबाट अरूमा पनि सङ्क्रमण देखिँदै जाने हो भने उनीहरूलाई उपचार गर्ने अस्पतालको समेत अभाव छ ।

कोरोना सङ्क्रमित बढिरहँदा समेत पालिकाले सङ्क्रमितलाई राखेर उपचार गर्ने अस्पताल बनाउन ध्यान दिन सकेका छैनन् ।

दिनहुँ बढिरहेको सङ्क्रमितको सङ्ख्याले दाङको पनि नेपालगञ्जको जस्तै अवस्था बन्ने हो कि भन्ने त्रास नागरिकमा फैलिन थालेको छ । दिन प्रतिदिन बढिरहेको कोरोना सङ्क्रमितको ग्राफले पनि त्यो सङ्केत देखाएको छ ।

सोमवार मात्र दाङमा एक सय ५२ जना कोरोना सङ्क्रमित थपिएका छन् । घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नमुना परीक्षण गरिएकामध्ये ७५ प्रतिशतभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सोमवार पीसीआर परीक्षण गरिएका दुई सय दुईमध्ये एक सय ५२ जनामा सङ्क्रमण देखिएको हो ।

अहिलेसम्म दाङमा कोरोना सङ्क्रमित हुनेको सङ्ख्या चार हजार दुई सय सय १४ रहेको छ । यसैगरी तीन हजार ६ सय ८३ जना कोरोनामुक्त भएका छन् । यस्तै कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ६१ पुगेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.