Nepal Times
Nepal Times
3
Shares

दामनको पानरोमा रिसोर्ट तीन महिनाकालागि निलम्बीत

दामनको पानरोमा रिसोर्ट तीन महिनाकालागि निलम्बीत

२८ माघ, काठमाडौं । मकवानपुरको थाहा नगरपालिका दामनको एभरेष्ट पानारोमा रिसोर्ट तीन महिनाका लागि बन्द गर्ने पर्यटन मन्त्रालयले निर्णय गरेको छ ।

आठ जना भारतीय पर्यटकको ज्यान जाने गरी भएको घटनापछि मन्त्रालयले उक्त रिसोर्ट आवश्यक कानुनी प्रक्रिया पूरा गराएर मात्र सञ्चालन गर्न दिने भएको हो ।

पर्यटन विभागले सोमबार एक पत्र लेखेर आवश्यक कानुनी प्रक्रिया पूरा गर्न तीन महिनाको समय दिएको हो । माघ २६ गतेको सचिवस्तरीय निर्णयअनुसार उक्त रिसोर्टको स्तर वर्गीकरण नभएको, पर्याप्त सुरक्षात्मक तथा व्यवस्थापकीय कमजोर रहेकाले तीन महिना निलम्बन गरिएको जनाएको छ ।

पर्यटन ऐन २०३५ अनुसार होटल, लज, रेस्टुरेन्ट, रिसोर्ट तथा बार नियमावलीअनुसार वर्गीकरण, मापदण्ड अनुसार प्रारम्भिक वातावरणीय परीक्षण, वातावरण प्रभाव मूल्यांकनसमेत सम्पन्न गराएर रिसोर्ट सञ्चालन गर्न निर्देशन दिइएको छ ।

माघ ६ गते उक्त रिसोर्टमा बाँस बसेका आठ जना भारतीय पर्यटकको हिटर बालेर सुत्दा निसास्सिएर मृत्यु भएको थियो ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.