Nepal Times
Nepal Times
3
Shares

दिनभरका प्रमुख खबरहरु

दिनभरका प्रमुख खबरहरु

आजका प्रमुख खबरहरुः

१.(‘मोहम्मद डे’ को शुभकामना)
नेपालसहित विश्वभरका ईस्लाम धर्मालम्वीहरुले ईस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदको १४ सय ४१ औं जन्म जयन्ती मनाए / बिराटनगरसहित देशका विभिन्न ठाँउमा रहेका मुस्लिम समुदायहरुद्वारा बृहत र्यालीको आयोजना ।

२.(प्रतिबन्धले दिएन)
भारतले नेपाली भूमि मिचेको विरोधमा प्रर्दशनमा उत्रिएका विप्लव नेतृत्वको अखिल (क्रान्तिकारी) मा आवद्ध दुई दर्जन बढि विद्यार्थी पक्राउ / विद्यालय तहका विद्यार्थीहरुसँगै व्यानरसहित विरोध प्रर्दशनमा उत्रिएपछि प्रहरीद्वारा नियन्त्रणमा ।

३.(जमिन फिर्ता गरिन्छ)
कूटनीतिक माध्यामबाट भारतसँग रहेका सबै सीमा समस्या समाधान गर्ने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको प्रतिवद्धता / भारतले बल मिचाई गरेर कालापानीलाई पनि आफ्नो सीमामा राखेर एक पक्षीय नक्सा जारी गरेको उल्लेख ।

४.(अवसर नगुमाऔं)
भारतसँग कालापानीलगायतका सीमा समस्या समाधान गर्न सरकारलाई उपयुक्त अवसर प्राप्त भएको प्रमुख राजनीतिक दलका नेताहरुको भनाई / दुई तिहाई मत सहितको बलियो सरकारले सीमा समस्याको दीर्घकालीन समाधान गर्ने विश्वास व्यक्त ।

५.(हरे गोविन्द)
चिकित्सा शिक्षा सुधारको माग गर्दै सत्याग्रहमा रहेका प्राध्यापक डा. गोविन्द केसीको समर्थनमा डडेल्धुरामा सरकारी सवारी साधन सञ्चालनमा रोक / सदरमुकाम बागबजार क्षेत्रका पसल दिनभर बन्द ।

६.(फन्दामा रुपज्योति)
ठगी आरोपमा पक्राउ परेका उद्योगी रुप ज्योती र उनकी छोरीलाई थप ५ दिन थुनामा राख्न अदालतको आदेश / म्याद थप गर्नुपर्ने वा नपर्ने भन्ने बारे रूपज्योति आफैंले गरेको बहसमा म्याद थप गर्ने अदालतको अनुमति ।

७.(उम्मेदवार फाइनल)
आगामी मंसीर १४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा उपनिर्वाचनको उम्मेदवारको अन्तिम नामावली प्रकाशन / भोली(सोमबार) उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम / स्थानीय तहकालागि भने कार्तिक २७ गते उम्मेदवार मनोनयन हुने ।

८.(सिकेको राजनीति)
सिके राउत नेतृत्वको जनमत पार्टीले मंसिर १४ गते हुने स्थानीय तहको उपचुनावमा उम्मेदवारी दिने / कम्तिमा ३ जना आकांक्षी उम्मेदवारको नाम सिफारिस गर्न पार्टीको आह्वान ।

९.(राजनेताको सम्मान खोई ?)
गणेशमान सिंहजस्ता राजनेताहरुको स्मृति दिवस मनाउन नेपाली कांग्रेसका नेता तीर्थमान डंगोलको सरकारसँग माग / देशप्रतिको निःश्वार्थ र समपर्ण भाव अनुसार नेताहरु अघि बढे मुलुकले राम्रो दिशा पाउने दावी ।

१०.(सपनाले मात्रै नहुने)
सरकारले पानीजहाज कार्यालय स्थापना गरेको ८ महिनामा पनि त्यसका लागि आवश्यक कानुनको मस्यौदा बन्न सकेन / कानुनको अभावमा जलमार्ग पहिचानको कामले पनि गति लिन नसकेको खुलासा ।

११.(मन्त्रीलाई मुद्धा)
कीर्ते अभियोग लागेका सुदूरपश्चिम प्रदेशका उद्योगमन्त्री प्रकाश रावलले दिए राजीनामा / महेन्द्रनगरस्थित एक क्याम्पसको सेयर किनबेचमा कीर्ते गरेको अभियोगमा रावलसहित१६ जनाविरुद्ध जिल्ला अदालत कञ्चनपुरमा मुद्दा दायर ।

१२.(अवैध कारोबारी)
विराटनगरबाट ७ लाख रुपैँया हुण्डी कारोबारको रकमसहित २ जना पक्राउ / ज्योतिकुमार साहको साथबाट चार लाख र विक्कीकुमार साहको साथबाट ३ लाख बरामद ।

१३.(कुकुर काट्ने पक्राउ)
गत मंगलबार इटहरीमा आयुष विश्वकर्मालाई लक्षित गरी भएको आक्रमणमा उनको घरमा पालेको कुकुरलाई खुकुरी प्रहार गर्ने तीन जना पक्राउ / आफन्तको घरमा लुकेर बसेको सूचनाका आधारमा पक्राउ गरेको प्रहरीको भनाई ।

१४.(चेली चम्किए)
बंगलादेशमा जारी प्रथम एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपमा अफगानिस्तानमाथि नेपालको सहज जित / दोस्रो खेलमा नेपालले सोमबार किर्गिस्तानसँग, मंगलबार आयोजक बंगलादेशसँग र बुधबार माल्दिभ्ससँग खेल्ने ।

र,
१५.(वस्तीमा आगो)
अष्ट्रेलियामा क्वीन्सल्याण्डको जंगलमा लागेको डढेलोका कारण ३ जनाको मृत्यु /डढेलोमा हराएका चार जनाको खोजी कार्य जारी / गत शुक्रबारदेखि लागेको डढेलो अझै नियन्त्रणमा आएन ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.