Nepal Times
Nepal Times
3
Shares

दिनभरका प्रमुख खबरहरु

आजका प्रमुख खबरहरुः

१ (महराको अनुशन्धान ?)
निवर्तमान सभामुख कृष्णबहादुर महरामाथिको थप अनुसन्धानका लागि अदालतद्वारा ७ दिन म्याद थप / १८ दिनसम्म पनि अनुशन्धान नसकिएपछि काठमाडौ जिल्ला अदालतद्वारा तेस्रो पटक म्याद थप ।

२ (हिंसा छाडे खेल खत्तम)
नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहले संविधान मानेर हिंसा छाडे खेल खत्तम हुने सरकारका प्रवक्ता गोकुल प्रसाद बाँस्कोटाको भनाई / सरकार छदमभेषी कुराका पछि नलाग्ने प्रवक्ता बाँस्कोटाकाको प्रतिक्रिया ।

३ (अजरबैजानतर्पm प्रधानमन्त्री)
असंलग्न राष्ट्रहरुको १८ औं सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली अजरबैजान प्रस्थान / वर्तमान विश्वमा उचित र पर्याप्त चुनौतिको प्रतिक्रिया दिने विषयमा प्रधानमन्त्रीले सम्बोधन गर्ने ।

४ (मेडिसिटीविरुद्ध मुद्वा)
काठमाडौको मेडिसिटी अस्पताल विरूद्ध जिल्ला अदालत ललितपुरमा पूर्वसांसद गायत्री साहद्वारा मुद्दा दायर / अस्पतालको गलत रिपोर्टका कारण डाउन सिन्ड्रोम भएको बच्चा जन्माउनु परेकोले १० करोड क्षतिपूर्ति माग ।

५ (राजनीतिक मुद्धा)
नेपालका कम्युनिष्टहरुसंग सैद्धान्तिक र बैचारिक बहस गर्नु आवश्यक रहेको नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलको भनाई /सरकारको कार्यशैलीका कारण मुलुकमा विभिन्न जातिवाद र अराजनीतिक कुराहरु उठिरहेकाले समाज अशान्त रहेको टिप्पणी ।

६ (समय थपियो)
योगदानमा आधारित सामाजिक सुुरक्षा कोषमा आवद्ध हुने समयावधि एक महिनाथप/ श्रमिकहरुको जीवन स्तरलाई माथि उठाएर मात्रै मुलुकलाई समृद्ध बनाउन सकिने भन्दै कोषको कामलाई साथ दिन सरकारको आग्रह ।

७.(चिनियाँ प्रभाव)
चिनियाँ अधिकारीहरुलाई पनि नेपालको बजार अनुगमनमा सहभागी गराउन संसदीय समितिले पहल गर्ने /बैठकमा दुवै पक्षबीच खाद्य सम्प्रभुताका विषयमा पनि छलफल ।

८ (वातावरण संरक्षण गरौं)
संयुक्त राष्ट्र संघीय नियोगहरुले वातावरण संरक्षणमा जोड दिँदै काठमाडौंमा पनि यूएन डे मनाए/ वातावरण संरक्षण, मानव अधिकार, बालअधिकार लगायतका क्षेत्रमा काम गर्न सर्वसाधारणलाई पनि आह्वान ।

९ (फूलमा आत्मनिर्भर !)
यस वर्ष तिहारमा गतवर्षभन्दा आठ लाख बढी फूलको माला खपत हुने /आयात गर्ने फूलमा कमी आए पनि दुई लाख ५० हजार माला भारतबाट आयात ।

१० (किजाको सम्मान)
नेवार समुदायको भाइटीका (किजापूजा)का लागि कात्तिक १३ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय /नेवार समुदायले किजापूजाको दिन भाइटीका मनाउने भएकाले टिकाको भोलिपल्ट विदा ।

११ (चालकलाई दःुख)
सडक निर्माणमा परिचालित स्काभेटरले च्यापिएर बैतडीमा एक जनाको मृत्यु / दुर्घटनापछि चालक फरार÷रुकुमपूर्वमा डोजर सडकबाट करिब ५० मिटर तल खस्दा चालकको मृत्यु ।

१२ (शुभ सन्देश)
नेपालमा व्यवसाय गर्ने वातावरणमा सुधार आएको विश्व बैंकको ठहर /नेपाल गतवर्ष भन्दा १६ औं स्थान माथि उक्लियो /डुइङ विजनेश इन्डेक्समा १ सय ९० देशमध्ये नेपाल ९४ औं स्थानमा ।

१३ (घोटालाको परिणाम)
देव विकास बैंकमा भएको १८ करोड बढी रकम हिनामिना प्रकरणमा ५ जनालाई थुनामा ,४ लाई धरौटीमा र २ लाई साधारण तारेखमा छोड्न उच्च अदालत तुलसीपुरको आदेश / फरार ४३ जना विरुद्ध कारबाही अगाडि बढाउन निर्देशन ।

१४ (राइनोजलाई उपाधि)
वुमेन च्याम्पियन्स लिग(डब्लूसिएल)को उपाधि चितवन राइनोजले जित्यो /काठमाडौँको त्रिवि क्रिकेट मैदानमा सम्पन्न फाइनल खेलमा क्याट क्विन्स काठमाडौं ४५ रनले पराजित ।

र,
१५ (कानुन कडा छ)
बंगलादेशमा १९ वर्षीया छात्रा नुस्रत हजान रफीलाई बलात्कारपछि जिउँदै जलाउने १६ जनालाई मृत्युदण्डको सजाय/ प्रधानाध्यापक र दुईजना छात्रा साथी पनि हत्यामा संलग्न भएको अदालतको ठहर ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.