Nepal Times
Nepal Times
3
Shares

दिनभरका प्रमुख खबर

दिनभरका प्रमुख खबर

आजका प्रमुख खबरहरुः

१.(आज अलिक कम)
आइतबार नेपालमा २ सय ९३ जना कोरोना संक्रमित थपिएसंगै नेपालमा संक्रमितको संख्या १५ हजार ७ सय ८४ पुग्यो /६ हजार ५ सय ४७ जना संक्रमित निको भए /हालसम्म ३४ जना संक्रमितको मृत्यु ।

२.(दायरा बढ्दै)
देशका २५ वटा प्रयोगशालाबाट कोरोना परीक्षण सुरु /आजसम्म पीसीआरबाट २ लाख ५१ हजार ७ जनाको परीक्षण /३१ हजार ५ सय ७३ जना क्वारेन्टिनमा /९ हजार २ सय ३ जनाको आइसोलेसनमा ।

३.(ढल संक्रमण सर्देन)
राजधानीको ढलको नमुना लिएर परीक्षण गर्दा कोरोना भाइरस देखिएपनि समुदायमा कोरोना फैलियो भनेर भन्न नमिल्ने मन्त्रालयका प्रवक्ता गौतमको भनाई /ढलमा भाइरस देखिँदैमा नसर्ने हुनाले नआत्तिन आग्रह/विशेष सतर्कता भने अपनाउनुपर्ने ।

४.(मानवअधिकारको सवाल)
कोरोना बढी संक्रमण प्रभावित स्थान र क्षेत्र पहिचान गरी रोकथाम र नियन्त्रण गर्न र परीक्षणलाई तीव्रता दिन राष्ट्रिय मानव अधिकार आयोगको आग्रह /घनाबस्ती भएका ठाउँमा संक्रमण फैलिएमा स्थिति भयावह हुन सक्नेतर्फ सचेत ।

५.(विदेशको मरण)
कोरोना भाइरसको संक्रमणबाट विदेशमा हालसम्म १ सय ४३ जनाको मृत्यु /२८ हजार ९ सय १८ जना संक्रमित /सङ्क्रमितमध्ये २५ हजार २ सय २६ जना निको भएको एनआरएनको तथ्यांक ।

६.(स्वास्थ्यकर्मी पनि सडकमा)
स्वास्थ्यकर्मीहरूमाथि एकपछि अर्को आक्रमण हुने गरेको विरोधमा स्वास्थ्यकर्मीहरूद्वारा माइतीघर मण्डलमाप्रदर्शन /महामारीकै बेला त्रिवि शिक्षण अस्पतालका चिकित्सक, धरान, रौतहट र सुदुरपश्चिम प्रदेशलगायत ठाउँमा स्वास्थ्यकर्मीमाथि कुटपिट भएको आरोप ।

७.(नेताहरुको दौडधुप)
पार्टीभित्र विवाद बढ्दै गएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुको राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटघाट तिव्र/पार्टीलाई फुटको संघारबाट जोगाउन ओली र दाहालबीच आज पनि छलफल /भोली फेरी वार्ता हुने ।

८.(भाडादर देउ)
विदेशबाट उद्दार गरी ल्याइएका व्यक्तिहरुलाई सवारी भाडादरमा ठगी गरिएको भन्दै भाडादरको विवरण उपलब्ध गराउन यातायात व्यवसायीहरुको माग /होल्डिङ सेन्टरबाट प्रदेश र स्थानीय तहसम्म पु¥याउँदा महँगो भाडादर लगाइएको भन्दै सूचनाको माग ।

९.(परीक्षा नहुने)
यस वर्ष कक्षा ११ को बोर्ड परीक्षा नहुने /विद्यालयले गरेको आन्तरिक परीक्षाका आधारमा विद्यार्थीलाई प्रमाणपत्र दिने पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को निर्णय/कक्षा १२ को विषयमा भने निर्णय हुन बाँकी ।

१०.(दोष जति सरकारलाई)
सरकारी नीतिका कारण नेपालमा उद्योग व्यवसाय फस्टाउन नसकेको उद्योगी व्यवसायीहरुको आरोप/कोभिड १९ बाट प्रभावित भएको अर्थतन्त्रमा स्वदेशी उद्योगलाई आत्मनिर्भर गराउने नीति अवलम्बन नगरिए अर्थतन्त्रमा जटिलता आउने उल्लेख ।

११.(नाम मात्रका आयोग)
संवैधानिक आयोगहरुमा पदाधिकारी बजेट समयमै उपलब्ध नहुँदा कार्यसम्पादनमा समस्या/पछाडी पारिएका समुदायको उत्थानका लागि गठन भएका आयोगहरुमा प्रयाप्त स्रोत साधन नहुदा काम गर्न समस्या ।

१२.(मेलम्चीको पानी)
मेलम्ची खानेपानी आयोजनाको सुरुङको परीक्षणका लागि सुन्दरीजलसम्मको २७ किलोमिटर लामो सुरुङमा पानी हाल्न थालियो /सुरुङमा पानी छोडिएपछि आयोजना नयाँ चरणमा प्रवेश गरेको खानेपानी मन्त्री विना मगरको भनाइ ।

१३.(गुरु देवो भव)
आज असार शुक्ल पूर्णिमा अर्थात् गुरु पूर्णिमा/ आफूलाई शिक्षा प्रदान गर्ने गुरूप्रति श्रद्धाभाव प्रकट गरी मनाइँयो /आफूलाई शिक्षा ज्ञान प्रदान गर्ने गुरुप्रति श्रद्धाभाव प्रकट गरियो ।

१४.(खुल्यो चिनियाँ नाका)
कोरोनाका कारण ६ महिनादेखि बन्द नेपाल—चीन रसुवागढी नाका सोमबारदेखि सञ्चालनमा आउने / नाका सञ्चालन प्रोटोकलअनुसार दैनिक चार वटा चिनियाँ ट्रकले १ सय २० टन सामाग्री दुई देशबीचको सीमा मितेरी पुलसम्म ल्याइदिने ।

र,
१५.(आजको विश्व)
कोभिड १९ महामारीका कारण हालसम्म विश्वभर ५ लाख ३३ हजार बढीको मृत्यु /एक करोड १४ लाख बढी संक्रमित /६४ लाख ५५ हजार बढी निको भए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.