Nepal Times
Nepal Times
3
Shares

दिनभरका प्रमुख खबर

दिनभरका प्रमुख खबर

आजका प्रमुख खबरहरुः

१.(कहाली लाग्दो कोरोना)
आज नेपालमा पहिलो पटक एक चिकित्सकसहित थप १२ को मृत्युसँगै कोरोना संक्रमित मृतकको संख्या ५ सय १० पुग्यो /आजै थपिए १ हजार ९ सय ११ संक्रमित /संक्रमितको संख्या ७९ हजार ७ सय २८ पुग्दा ५७ हजार ३ सय ८९ निको भए ।

२.(आफ्नै हात जगन्नाथ)
मुख्यसचिव लोकदर्शन रेग्मीले दिएको राजीनामा स्वीकृत गर्दै मन्त्रिपरिषद् बैठकद्वारा मुख्यसचिवमा शंकरदास वैरागीलाई नियुक्ति /पूर्व अर्थमन्त्री एवं प्रधानमन्त्रीका आर्थिक सल्लाहकार युवराज खतिवडालाई अमेरिका र रेग्मीलाई बेलायतका लागि राजदूत सिफारिस ।

३.(लागेको जो बानी छ)
पछिल्ला राजनीतिक नियुक्तिलाई लिएर नेकपामा फेरि विवाद /पार्टी निर्णयको २० दिनमै प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा मुख्यसचिव र राजदूतहरुबारे निर्णय गरेपछि केही दिन शान्त भएको विवाद फेरि बल्झियो ।

४.(केसीको माग चाँही ?)
चिकित्सा शिक्षा सुधारको माग राखेर अनसनमा बसेका डा. गोविन्द केसीलाई अनसन तोड्न सरकारको आग्रह /नागरिकलाई कोरोनाबाट कसरी जोगाउने भनेर लाग्नुपर्ने बेलामा अनसन, सत्याग्रह सुहाउँदो विषय नभएको सरकारका प्रवक्ता प्रदीप ज्ञवालीको भनाइ ।

५.(भाग्यमानी उपेन्द्र)
उपप्रधान ईश्वर पोखरेलका सम्धि प्रा. डा. उपेन्द्र कोइरालाद्वारा राष्ट्रिय वाणिज्य बैंक सञ्चालक समितिको सदस्यमा सपथ ग्रहण/अध्यक्ष हुनका लागि पहिले सञ्चालक समितिको सदस्य हुनुपर्ने र सदस्यमध्येबाट एक जनालाई सञ्चालक समितिको अध्यक्ष बनाइने ।

६.(विकासमा साझेदारी)
विमानस्थल निर्माण तथा विस्तारका लागि केन्द्र र प्रदेश सरकारबीच पहिलोपटक समझदारी /सुर्खेत विमानस्थलको विकास र स्तरोन्नतिका लागि कर्णाली प्रदेश र केन्द्र सरकारबीच समझदारीपत्रमा हस्ताक्षर /प्रादेशिक विमानस्थल बनाउन ३ अर्बको नुमान ।

७.(अधिकारमा अंकुश)
संविधानप्रदत्त अधिकार खोस्ने गरी केन्द्र सरकारले प्रहरीसम्बन्धी अध्यादेश ल्याएपछि बागमती प्रदेशको विरोध / काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाको शान्ति सुरक्षाको जिम्मेवारी केन्द्र सरकारले नै राख्ने गरी अध्यादेश संविधानविपरीत हुने प्रदेश सरकारको ठहर ।

८.(शिक्षा सुधार अभियान)
विद्यालय शिक्षा सुधारकालागि प्रविधिमैत्री शिक्षण सिकाई आवस्यक भएकोमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको जोड / प्रदेशबाट किताव र झोलामुक्त गरिने १० बर्षे योजना ३ बर्ष भित्रमा पूरा हुने देखिएको सामाजिक विकास मन्त्री जीवन घिमिरेको भनाई ।

९.(अनुशन्धानको अनुमति)
सामाजिक सुरक्षा भत्तामा अनियमितताबारे खुलासा भएपछि छानबिन अघि बढाउन साकेला गाउँपालिकालाई गृह मन्त्रालयको निर्देशन / अनियमितताका विषयमा वडाअध्यक्ष,वडा सचिवहरुको नाम मुछियो ।

१०.(कसरी भर्ने क्षति ?)
कोभिड १९ का कारण नेपालको हवाई क्षेत्रमा ठूलो क्षति भएको नेपाल नागरिक उड्डयन प्राधिकरणको भनाई /आन्तरिक उडानतर्फ यो वर्ष ३८ प्रतिशत यात्रु संख्यामा गिरावट आउने प्रक्षेपण ।

११.(विपत्तको चोट)
विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गएको वैशाख महिनायता बाढी, पहिरोलगायतका प्राकृतिक विपदमा परी ४ सय२ जनाको मृत्यु / चार सय ३९ जना घाइते / १सय १ जना अझै बेपत्ता ।

१२.(धितोपत्रमा शुद्धीकरण)
नेपाल धितोपत्र बोर्डले सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धमा धितोपत्र व्यवसायीको जोखिममा आधारित सुपरिवेक्षण म्यानुअल कार्यान्वयनमा /ब्रोकर तथा मर्चेन्ट बैंकरहरुको कारोबार, कार्यालय, ग्राहकलाई समेत समेटेर जोखिम गणना गरिने ।

१३.(लाग्यो गजुर)
रानीपोखरीको बालगोपालेश्वर मन्दिरमा सुनकोलेपन सहितको गजुर प्रतिस्थापन /मन्दिर पुनः प्रताप मल्लकालीन ग्रन्थकुट (शिखर) शैलीमा पूननिर्माण /मन्दिर भित्र रहने मुर्तिहरुको प्राण प्रतिष्ठानपछि औपचारिक रुपमा उद्घाटन गरिने ।

१४.(खुल्यो सुपथ पसल)
खाद्य व्यवस्था र साल्ट ट्रेडिङका देशभरका आ–आफ्नै कार्यालय, डिपो, डिलर र अनलाइन मार्फत चाडपर्व लक्षित सुपथ मूल्य पसल आजदेखि सञ्चालनमा/ छुटसहितको सुपथ पसल आगामी मंसिर ६ गतेसम्म सञ्चालन हुने ।

र,

१५.(विश्वलाई नियाल्दा)
कोरोना महामारीबाट हालसम्म विश्वभर १० लाख १९ हजार बढीको मृत्यु /३ करोड ४२ लाख बढी संक्रमित हुँदा २ करोड ५४ लाख बढी डिस्चार्ज ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.