Nepal Times
Nepal Times
3
Shares

दिनभरका प्रमुख खबर

दिनभरका प्रमुख खबर

आजका प्रमुख खबरहरुः

१.(अपराध करायो)
प्रतिनिधिसभाको रिक्त सभामुख पदका लागि उम्मेदवारी दिएका सत्तारूढ नेकपाका नेता अग्नि सापकोटाविरूद्ध माइतीघर मण्डलमा प्रदर्शन /सापकोटाविरुद्ध २०६२ सालमा अपहरणमा परेका काभ्रे छत्रेबाँझका अर्जुन लामाको हत्या गरेको आरोप ।

२.(कानुनको सिकन्जा)
उखु किसानको रकम भुक्तानी नगर्ने तीन उखु मिलको आर्थिक कारोबार रोक्का हुने / अन्नपूर्ण, इन्दिरा र लुम्बिनी सुगर मिल्सको आर्थिक कारोबार रोक्का गर्ने उद्योग मन्त्रालयको निर्णय ।

३.(सांसदको उदण्डता)
प्रदेशसभा सदस्य राजीव गुरुङविरुद्ध अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङद्वारा उजुरी /मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको व्यवस्थापनप्रति असन्तुष्टि जनाउँदै राजीवद्दारा अध्यक्ष गुरुङमाथि कुटपिट ।

४.(लच्कियो प्रहरी)
जिल्ला प्रशासन कार्यालय काठमाडौंले पक्राउ पुर्जी जारी गरेकी गायिका आस्था राउतलाई स्वदेश फर्किनासाथ पक्रिने योजनाबाट प्रहरी पछि हट्यो /अभिभावकले आस्थालाई प्रहरी कार्यालयमा ल्याउने प्रतिवद्धता जनाएप्रहरीले नपक्रने ।

५.(न्यायमाथिको प्रहार)
कैलाली बाट निर्वा्चित सांसद रेशम चौधरी लगायत जेलमा रहेका ११ जनालाई जेलमुक्त गर्नुपर्ने माग राख्दै थरुहट थारुवान राष्ट्रिय मोर्चा आन्दोलित /२० दिनभित्र आफ्ना मागहरु पूरा गर्न सरकारलाई आग्रह ।

६.(आफन्तको आशा)
मिनी ट्रक दुर्घटनामा निधन भएका७ जनाका परिवार र घाइतेका आफन्तजनहरुद्वारा क्षतिपूर्तिको माग गर्दै जिल्ला अस्पताल धादिङमा धर्ना / क्षतिपूर्ति र घाइतेहरुको उपचार खर्च टुंगो नलागेसम्म शव नउठाउने अडान ।

७.(औपचारिकता निभाईयो)
दामनको एक रिसोर्टमा आठ जना भारतीयको मृत्यु भएको घटनाको सत्यतथ्य बुझ्न पर्यटन विभागद्वारा पाँच सदस्यीय छानबिन समिति गठन /समितिमा विभागको होटल शाखाका निर्देशक संयोजक रहने ।

८.(मतदानको तयारी पूरा)
बिहीबार हुने राष्ट्रियसभा सदस्यको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगको भनाई/ प्रदेश १ को मतदानमा प्रदेशसभा सदस्य ९३ तथा स्थानीयतहका २ सय ७४ गरी कूल ३ सय ६७ जना सहभागी हुने ।

९.(अपराधिक मानसिकता)
बैतडीको डिलाशैनी गाउँपालिकाको सम्पर्क कार्यालय र गाउँपालिकाले भाडामा लिएको स्कारपियोमाअज्ञात समूहद्वारा आगजनी / नेकपा जिल्ला अध्यक्षको घरको मूलगेटमा प्रेसरकुकर बम फेला ।

१०.(अनियमितताको गन्ध)
नेपाल विद्यार्थी संघद्वारा गोकर्ण फरेष्ट रिसोर्ट अगाडि प्रदर्शन /करोडौं भाडा लिन सकिने जग्गा यति होल्डिङ्सलाईकम शुल्कमा लिजमा दिएको भन्दै सरकारको आलोचना ।
११.(अदालतको फैसला)
नक्कली भान्जा बनाएर मिर्गाैला प्रत्यारोपण प्रकरणमा समातिएका ललितपुरको निदान अस्पतालका चिकित्सक डा. राजेश पन्तसहित पाँचै जना उच्च अदालत पाटनबाट साधारण तारेखमा छुटे / अस्पतालका कानुनी सल्लाहकार र कार्यकारी निर्देशकसँग धरौटी माग ।

१२.(सम्बन्ध जोड्दै फुटबल)
अखिल नेपाल फुटबल संघ (एन्फा) र इंग्ल्याण्ड फुटबल एसोसिएसनबीच मैत्रीपूर्ण खेलका लागि सम्झौता / मैत्रीपूर्ण खेलहरु आगामी मे महिनामा हुने ।

१३.(होस गुमाएपछि)
स्थानीय वडास्तरीय फुटबल प्रतियोगिताको रेफ्रीबाट हटाएको निहुँमा विवाद हुँदा धादिङमा एकजनाको हत्या / विवादको क्रममा राम तामाङ र रोशन तामाङले आगो फुक्ने जिआई पाइपको ढुंग्रो प्रहार गर्दा ३३ वर्षीय शन्तबहादुर तामाङको मृृत्य ।

१४.(चम्किए धिमाल)
रञ्जित धिमालको गोल निर्णायक सावित हुँदा सहिद स्मारक ‘ए’ डिभिजन लिगमा मछिन्द्र क्लबद्वारा नेपाल पुलिस एक शुन्य गोल अन्तरले पराजित / लिगमा विहिबार हिमालयन शेर्पाले थ्री स्टार तथा जावलाखेललेएपीएफको सामना गर्ने ।

र,
१५.(नागरिकतालाई बैधानिकता)
नागरिकता संशोधन कानुन(सीएए) माथि तत्काल रोक लगाउन भारतीय सर्वोच्च अदालतद्वारा अस्वीकार / केन्द्र सरकारलाई नोटिस जारी गर्दै सीएएसँग सम्बन्धित सम्पूर्ण जानकारी चार हप्ताभित्र अदालतसमक्ष उपलब्ध गराउन निर्देशन ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.