Nepal Times
Nepal Times
3
Shares

दिनभरका प्रमुख खबर

दिनभरका प्रमुख खबर

आजका प्रमुख खबरहरुः

१.(किन भयो विस्तार ?)
सर्वोच्च अदालतले माग्यो सरकारसँग मन्त्रिपरिषद विस्तार गर्नुको कारण/ लिखित जवाफसहित पुस २८ गते अन्तरिम आदेशका लागि अदालतमा उपस्थित हुन दुबै पक्षलाई सर्वोच्चको आदेश ।

२.(आफ्नालाई अवसर)
नेकपाको प्रचण्ड–नेपाल समूहले शंकर पोखरेल र पृथ्वीसुब्बा गुरुङलाई प्रदेश इन्चार्जको जिम्मेवारीबाट हटायो /लुम्बिनी प्रदेशमा युवराज ज्ञवाली र गण्डकी प्रदेशमा देवेन्द्र पौडेल प्रचण्ड–नेपाल समूहका नयाँ इन्चार्ज ।

३.(आरोपको वर्षा)
प्रचण्डले आफ्नै हर्कतको परिणाम भोगिरहेको लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको भनाई /माधव नेपालको ढाडमा टेकेर केपी ओलीको टाउकोमा हान्न खोजेपछि सडकमा पुगेको तर्क /प्रधानमन्त्री पद चाहिए चुनावमा जान प्रचण्डलाई गृहमन्त्री रामबहादुर थापाको सुझाव ।

४.(खतराको घण्टी)
प्रदेशसभा पनि विघटन हुने सम्भावना रहेको भूमि व्यवस्थामन्त्री शिवमाया तुम्बाहाम्फेको भनाई /पार्टी एकता र विभाजन आन्तरिक विषय भएकाले कुनै पनि विदेशी शक्तिले हस्तक्षेप गर्न नमिल्ने तर्क ।

५.(आयो प्रतिबद्धता )
अन्तरजातिय बिवाहको नाउँमा रुकुम पश्चिमको सोतीमा छ जनाको हत्या हुने गरी भएको घटनाका दोषीलाई हदैसम्मको कारबाही गर्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई /अदालतले घाइतेहरुको वयान नलिएको भन्दै मृतकका अभिभावकले गरे प्रधानमन्त्रीसमक्ष गुनासो ।

६.(सीमामा जसपा)
नेपाल भारत सीमा तत्काल खोल्न पश्चिम नवलपरासीमा जसपा र्यालीसहित धर्नामा /सीमानाका बन्द हुँदा व्यवसायसँगै परम्परागत रीतिरिवाजमा समेत असर परेको भन्दै स्वास्थ्य सर्तकता अपनाएर सीमा खोल्नुपर्ने माग ।

७.(अधिकारवादीको अनुमान)
प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई गृहयुद्धमा धकेलेको मानव अधिकारवादी नेता कृष्ण पहाडीको टिप्पणी /संसदमा अविश्वास प्रस्ताव आउँदैछ भन्ने आशंका भएपछि प्रधानमन्त्री ओलीले संसदको प्राण हरण गरेको आरोप ।

८.(धनी हुने सपना देखेपछि)
नक्कली भ्याट बिल प्रकरणमा आरकेएम ट्रेडिङ प्रालिका सञ्चालकसहित १० जनाविरूद्ध राजस्व अनुसन्धान विभागद्वारा भ्रष्टाचार मुद्दा दायर /उच्च अदालत पाटनमा दायर गरिएको मुद्दामा ६५ करोड २८ लाख ५५ हजार बिगो मागदाबी ।

९.(आजको संक्रमण)
नेपालमा आज थप ४ सय ३ जनामा संक्रमण पुष्टि हुँदा ५ सय ९४ जना डिस्चार्ज / हालसम्म १ हजार ८८५ संक्रमितको मृत्यु /देशभर हाल ५ हजार २८९ सक्रिय संक्रमित ।

१०.(बायोग्यासका कुरा)
नविकरणीय उर्जाको प्रयोग र प्रवद्र्धनमा स्थानीय सरकारलाई पहिलो प्राथमिकतामा राख्न सरोकारवालाहरुको सुझाव /संविधानले नविकरणीय उर्जालाई स्थानीय सरकारको मातहतमा राखेपनि अधिकांश कार्यक्रमहरु संघीय सरकारले गर्न खोज्दा अन्योलता ।

११.(पेस्तोल चाँही खोई ?)
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पेस्तोलमा प्रयोग हुने ५० थान गोलीसहित एक जना पक्राउ/ श्री एयरलाइन्सको जहाजबाट भद्रपुर जाँदै गरेका झापाका बद्रीहाङ राई ९ एमएमको पेस्तोलको गोलीसहित पक्राउ परेको प्रहरीको भनाई ।

१२.(अवैध पैसा)
कपिलवस्तुबाट काठमाडौं आउने क्रममा नागढुंगाबाट भारतीय नागरिक अमितकुमार गुप्ताको साथबाट स्रोत नखुलेको १ करोड ४७ लाख रुपैयाँ नगद बरामद /गाडी चालक नेपाली नागरिक संगम थारुसहित गुप्ता सम्पत्ति सुधिकरणको अनुशन्धानमा ।

१३.(नतिजा चाडैं)
कक्षा १२ को परीक्षाको उत्तरपुस्तिका परीक्षण सकिसकेकाले नतिजा सकेसम्म चाँडै प्रकाशन गर्ने राष्ट्रिय परीक्षा बोर्डको तयारी/कोरोना प्रभावित विद्यार्थीका निम्ति यही पुस १६ गतेबाट २३ गतेसम्म परीक्षा हुने ।

१४.(अस्तब्यस्त खेलकुद)
असार १७ गतेदेखि लागू भएको राष्ट्रिय खेलकुद विकास ऐन–२०७७ कार्यान्वयनमा ढिलाई /ऐन अनुशार गठन हुनु पर्ने बोर्डले पूर्णता नपाउदा संघका गतिविधि सञ्चालनमा नै अन्योलता ।

र,

१५.(स्वार्थी बन्दै भारत)
भारतले कोरोना भाइरसविरूद्धको खोप केही महिनासम्म निर्यात नगर्ने / भारतको निर्णयपछि गरिब मुलुकहरूलाई खोप दिलाउने विश्व स्वास्थ्य संगठनको कोभ्याक्स कार्यक्रम प्रभावित/ भारतको भरमा रहेको नेपाललाई पनि खोप पाउन कठिन ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.