Nepal Times
Nepal Times
3
Shares

दिनभरका प्रमुख खबर

दिनभरका प्रमुख खबर

आजका प्रमुख खबरहरुः

१.(सत्य यही हो)
संविधान संशोधनका लागि नेकपाद्वारा गठित कार्यदलमा बस्न स्थायी समिति सदस्य सुवासचन्द्र नेम्वाङ र केन्द्रीय सदस्य खिमलाल देवकोटाद्वारा अस्वीकार /लहडका आधारमा भन्दा आवश्यकता र औचित्यको आधारमा संविधान संशोधन हुनुपर्ने देवकोटाको भनाई ।

२.(प्रधानमन्त्री कड्किए)
जनतामा भ्रम छर्न र सरकारलाई अलोकप्रिय बनाउन थुप्रै ‘रियाक्सनल इलिमेन्टहरु’ लागि परेको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई /सरकारले गरेका कामहरु देखेर विरोधीहरु आत्तिएको तर्क / विगतमा बलिदानपूर्ण संघर्ष गरेका थियौँ भनेर मात्रै जनसमर्थन प्राप्त नहुने दाबी ।

३.(प्रधानमन्त्रीलाई कालो झन्डा)
प्रधानमन्त्री केपी शर्मा ओलीलाई पोखरामा कालो झण्डा देखाउन खोज्ने समाजवादी विद्यार्थी युनियनका चार जना पक्राउ /बाँस्कोटाको अडियो प्रकरण, यती प्रकरण, भष्ट्राचारमा लिप्त भएको लगायतका आरोप लगाउँदै विद्यार्थी समूहद्वारा नाराबाजी ।

४.(नेपालीको प्रशंसा)
नेपालका लागि कतारी राजदूत युसुफ बिन मोहम्मद अहमत अल हेल र प्रतिनिधिसभाका सभामुख अग्नि प्रसाद सापकोटाविच भेटवार्ता / भेटमा विश्वकप फुटबलका लागि रंगशाला निर्माणमा नेपाली कामदारले गरेको योगादनको राजदूतद्वारा प्रशंसा ।

५.(स्वतन्त्रताको सवाल)
मिडिया काउन्सिल र सूचना विधेयकलाई सरोकारवालाहरुका माग सम्बोधन गरी लगाडी बढाउन सभामुख अग्नि सापकोटालाई पत्रकार महासंघको आग्रह /मिडियार्लाइ स्वतन्त्र रुपमा अभ्यास गर्न सक्ने परिस्थितीको निर्माण गर्न माग ।

६.(वडाध्यक्ष नै अनसनमा)
छ दिनदेखि अनसनरत चितवनको माडी नगरपालिका १ का अध्यक्ष कृष्णप्रसाद पौडेल भरतपुर अस्पताल भर्ना/वडाध्यक्ष अनसन बसेपछि प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहालसँग नगरपालिकाका मेयर ठाकुर ढकालको भेटवार्ता ।

७.(विद्यार्थीको राजनीति)
अनेरास्ववियूले आफूहरूमाथि कुटपिट भएको भन्दै किटानी जाहेरी दिएपछि पृथ्वीनारायण क्याम्पस पोखराका नेविसंघ नेता रेशम हमाल पक्राउ/संगठनको झगडामा व्यक्ति किटान गरेर झडपमा उपस्थित नै नभएका हमालललाई राजनीतिक प्रतिशोश साधिएको नेविसंघको आरोप ।

८.(स्वार्थी संसार)
जनयुद्धमा घाइते र अपाङ्गता भएका व्यक्तिहरुलाई सीप सिकाउन सिटिइभिटीलाई शिक्षामन्त्री गिरिराजमणि पोखरेलको निर्देशन / प्रयोशाला अभाव र शिक्षकहरुको अभाव चिर्दै गुणात्मक जनशक्ति उत्पादनमा जोड दिन आग्रह ।

९.(लगानीको आह्वान)
लगानी वृद्धि र लगानीकर्तालाई आकर्षित गर्न सरकारले औद्योगिक कानूनहरुमा सुधार गरेको अर्थमन्त्री डा. युवराज खतिवडाको भनाई /पर्यटन, जलविद्युत, सेवामूलक र उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन निजी क्षेत्रलाई आग्रह।

१०.(सुझाव मान्नुस्)
बीमा समितिको क्षमतामा अझ बढी सुधार गरेर जानुपर्ने बीमा विज्ञहरुको सुझाव / नियामक निकाय अझबढी सुदृढ र इमान्दार नभए बीमा क्षेत्र संकटमा पर्ने तर्क ।

११.(शेर्पाको आँट)
चार जना शेर्पाहरुले पाँच दिनमा सगरमाथाको सफल आरोहण गर्ने/यो सिजनमा हिमाल आरोहण उपयुक्त नभएपनि निकै छोटो समयमा आरोहण गरी विश्वसामु नेपालको नाम चिनाउन खोजिएको आरोहीको भनाई ।

१२.(सुनले बनायो कृतिमान)
सोमबार एकैदिन १५ सयले बढेर सुनको मूल्यमा फेरी नयाँ कीर्तिमान कायम /प्रतितोला ८० हजार ३ सय पुग्यो / चाँदीको मूल्य प्रतितोला ९ सय २५ रुपैयाँ कायम /सुनको मूल्य अझै बढ्न सक्ने ।

१३.(पढाएर मात्रै हुन्छ मन्त्री ज्यू ?)
विद्यालयहरुलाई ‘ट्रान्जिट प्वाइन्ट’का रुपमा विकास नगर्न शिक्षामन्त्री गिरिराजमणि पोखरेलको चेतावनी /लिपुलेक, कालापनी र लिम्पियाधुरा सहितको नेपालको नक्साका विषयमा राम्ररी सन्देश प्रवाह गर्न आग्रह ।

१४.(ईपीएलमा पाकिस्तानी)
एभरेष्ट प्रिमियर लिगको डिफेन्डिङ च्याम्पियन ललितपुर प्याट्रियट्सले भित्र्यायो थप तीन जना पाकिस्तानी खेलाडी /ईपीएल आउँदो मार्च १४ देखि त्रिवि क्रिकेट मैदानमा सुरु हुने ।

र,
१५.(वेदना बढाउँदै कोरोना)
चीनमा हालसम्म कोरोना भाइरसका कारण २५ सय ९३ जनाले मृत्यु/ चीनबाहिर थप ३२ जनाको मृत्यु /विश्वभर ७९ हजार बढी संक्रमित /उत्तर कोरियामा भाइरसको आशंकामा ३८० जना विदेशी नागरिक क्वारेन्टाईनमा ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.