Nepal Times
Nepal Times
3
Shares

दिनभरका प्रमुख खबर

दिनभरका प्रमुख खबर

आजका प्रमुख खबरहरुः

१.(नेकपामा गोलमाल)
पार्टी उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्ने सत्तारुढ दल नेकपाको सचिवालय बैठकको निर्णय /संविधान संशोधन गर्न गठित कार्यदलको चौतर्फी विरोध भएपछि तत्काल काम अगाडी नबढाउने निष्कर्ष ।

२.(डाक्टरले हिम्मत गरे)
सबै प्रधानमन्त्रीहरुको सम्पत्ति छानबिन गर्नुपर्ने पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको प्रस्ताव / मातातिर्थ लगायत जग्गाका विषय उचालेर लोकमान प्रवृति देखाउन खोजेको आरोप / नेपाल ट्रष्टको जग्गा यतिको पोल्टामा कसरी गयो भन्दै प्रश्न ।

३.(जवाफ चाँहियो)
सेक्युरिटि प्रिन्टिङ प्रेस स्थापनाका लागि गोकुल बाँस्कोटा संलग्न भएको भनिएको अडियो सामाग्रीको सत्य तथ्य सदनलाई जानकारी गराउन सांसदहरुको माग/जन्मदिन मनाउन हेलिकोप्टर चार्टर गरेका प्रधानमन्त्रीलाई सिटामोल खान नपाएकाको माया लागेन भनि प्रश्न ।

४.(केही हुन्छ कि ?)
विराटनगरस्थित कोशी अस्पताललाई मुलुककै नमूना र शिक्षण अस्पतालका रुपमा विकास गरिने /शिक्षण अस्पताल बनाउनका लागि अस्पतालभित्रका तीन वटा भवन बाँकी राखेर सबै भवन भत्काइने ।

५.(राजा शाहीकोे झल्को)
बैतडीसहित सुदूरपश्चिमका पाँच जिल्लाका विभिन्न कार्यक्रममा सरिक हुन राष्ट्रपति विद्यादेवी भण्डारी चारदिने सुदूरपश्चिम भ्रमणमा /भण्डारीको भ्रमणका समयमा सार्वजनिक बिदा दिने नगरपालिकाको निर्णय ।

६.(उपसभामुखको अन्योलता)
प्रतिनिधिसभाको सभामुख चयन भएको लामो समय हुँदा पनि उपसभामुख चयनका विषयमा दलहरु मौन/राजपाले उपसभामुखका लागि अनिच्छा देखाएको कांग्रेसले उपसभामुख नमाग्ने प्रतिक्रिया दिएको उपनेता सुवासचन्द्र नेम्वाङको भनाई ।

७.(वन वनस्पतिका कुरा)
सरकार चुरे संरक्षण र व्यवस्थापनको विषयमा गम्भीर रहेकाले थप प्रभावकारी ढंगले कार्यक्रम सञ्चालन गर्ने बनमन्त्री शक्तिबहादुर बस्नेतको भनाई /गण्डकी क्षेत्रको जलाधार व्यवस्थापन आयोजना संञ्चालन भएपछि जलवायु परिर्वतनका समस्या केही समाधान हुने अपेक्षा ।

८.(सरकारले सुनेन्)
प्रदेश १ को प्रदेश सभामा नेपाल–भारत सीमा क्षेत्रको नापजाँच गर्न पटक पटक माग गरिएपनि सुनुवाइ नभएको सांसद खिनु लङ्वा लिम्बुद्वारा दुख ब्यक्त /नापजाँच नगर्दा योजनाहरु संचालनमा समस्या हुने उल्लेख ।

९.(महानगरले डोजर लगायो)
सुकुम्बासीका नाममा सार्वजनिक सडकनै ओगटेर बनाइएका घर–टहरा विराटनगर महानगरले डोजर लगाएर भत्कायो /जग्गा खाली गर्न सूचनामार्फत आग्रह गरे पनि अटेर गरेपछि अतिक्रमित बाटोको जमिन खाली गर्नु परेको महानगरको भनाइ ।

१०.(उम्मेदवारी घोषणा)
नेपाल उद्योग वाणिज्य महासंघको आगामी नेतृत्वका लागि वरिष्ठ उपाध्यक्षको पदमा उम्मेदवारी दिने चन्द्रप्रसाद ढकालद्वारा घोषणा / तीन खम्बे अर्थनीतिको प्रमुख खम्बाका रुपमा रहेको निजी क्षेत्रलाई सबैभन्दा सशक्त सबल खम्बाको रुपमा स्थापित गर्ने प्रतिवद्धता ।

११.(सेनालाई अवसर)
नेपाली सेनासँग रहेको १० प्रतिशत जनशक्तिलाई संयुक्त राष्ट्र संघ शान्ति मिशनमा खटाउने रक्षा मन्त्रालयको तयारी / पछिल्लो समय सिमा क्षेत्रमा ऐतिहासिक किल्ला तथा स्तम्भहरु संकटमा परेको भन्दै त्यसको जिम्मा सेनालाई दिने रक्षामन्त्री ईश्वर पोखरेलको भनाई ।

१२.(पिएको पारा)
किशोरीलाई बन्धक बनाएर बलात्कार गर्ने शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरका सल्लाहकार अमृतकुमार घले पक्राउ /१७ वर्षीय किशोरीलाई अमेरिका लगिदिन्छु भन्दै काठमाडौंको टोखास्थित कोठामा बन्धक बनाई बलात्कार गरेको प्रहरीको भनाई ।

१३.(रेकर्ड बनाउँदै शेयर)
शेयर बजारमा बुधबार पनि नयाँ रेकर्ड कायम /अहिले सम्मकै उच्च ४ अर्ब १५ करोड बढीको कारोबार /परिसूचक नेप्से ५० दशमलव ९३ अंकले बढेर १५ सय ९६ दशमलव १३ अंकमा पुगेर बन्द ।

१४.(फिक्सिङको फन्डा)
खेल मिलेमतोको अभियोगमा सरस्वती क्लबका कप्तान दीपेश श्रेष्ठमाथि एन्फाद्वारा ५० हजार जरिवानासहित २ वर्षको प्रतिबन्ध/हिमालयन शेर्पाका व्यवस्थापक विजेन्द्र पुडासैनीलाई ३० हजार जरिवानासहित ३ महिनाको प्रतिबन्ध ।

र,
१५.(हिन्दुस्तानमा हिंसा)
भारतको राजधानी दिल्लीमा नागरिकता कानुनको विषयमा जारी दुई पक्षीय झडपमा मृत्यु हुनेको संख्या २० पुग्यो /२ सय ५० भन्दा बढी घाइते /दिल्लीमा हिंसा बढ्दै गएपछि केन्द्रीय सरकारलाई सेना परिचालन गर्न मुख्यमन्त्री अरविन्द केजरीवालको आग्रह ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.