Nepal Times
Nepal Times
3
Shares

दिनभरका प्रमुख खबर

दिनभरका प्रमुख खबर

आजका प्रमुख खबरहरुः

१.(उच्च जोखिममा विराटनगर)
रुघाखोकी र ज्वरोको लक्षण देखिएपछि कोरोना भाइरस संक्रमणको आशंका गरिएका दुई बिरामीलाई कोशी अस्पतालले धरान रेफर गर्यो /धनगढीमा चीनबाट फर्किएका एक व्यक्तिमा कोरोनाभाइरसको आशंका पछि सेती प्रादेशिक अस्पतालको आइसोलेसन कक्षमा भर्ना ।

२.(नम्बर टिपौं)
कोरोना भाइरसबारे नागरिकलाई जानकारी गराउन सरकारद्वारा ’कल सेन्टर’ सञ्चालन /२४ सैं घन्टा सञ्चालनमा ल्याइएको कल सेन्टरमा कोरोना भाइरस, औषधी र अस्पतालबारे बुझ्न ११ सय १५ मा कल गर्न सकिने ।

३.(प्रधानमन्त्री डिस्चार्ज)
मृगौला प्रत्यारोपणको सफल उपचारपछि प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज / प्रधानमन्त्री ओली पूर्ण स्वस्थ्य भईसकेको शिक्षण अस्पताल महाराजगञ्जका कार्यकारी निर्देशक प्रेम खड्गाको भनाई ।

४.(द्धिपक्षीय हितका लागि)
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई र युरोपियन युनियन डेलिगेशन नेपालकी राजदुत भेरोनिका कोडीबीच भेटवार्ता /राजदूत कोडीद्वारा बहुक्षेत्रीय पोषण कार्यक्रमका बारेमा मुख्यमन्त्री राईलाई जानकारी /प्रदेश १ सरकारले गरेका कामहरुको प्रशंसा ।

५.(सञ्जयलाई सजाय)
पूर्वमन्त्री सञ्जयकुमार साहलाई ५ वर्ष कैद र बिगोको दोब्बर साढे २८ करोड जरिवाना भराउने विशेष अदालतको फैसला /साहले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरी शुद्धीकरण गरेको अदालतको ठहर ।

६.(रक्सीले ज्यान लियो)
धनुषामा घरमै बनाएको अत्यधिक विषाक्त रक्सी सेवनका कारण पाँच जनाको मृत्यु/एकजना गम्भीर बिरामी/अनुसन्धान गर्दा अत्यधिक रक्सीले मृत्यु भएको पाइएको र मृतकको शवको पोष्टमार्टम रिपोर्ट आउन बाँकी

७.(सार्कको भूमिका)
विश्वव्यापी बनेको कोरोना महामारीविरुद्ध लड्न दक्षिण एसियाली सहयोग संगठन (सार्क) को साझा रणनीति बनाउन भारतको प्रस्ताव /कोरोना भाइरसविरुद्ध सार्क मुलुक मिलेर लड्ने भारतीय समकक्षी मोदीको प्रस्तावलाई प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा स्वागत ।

८.(निर्देशन पालना होस्)
डेडीकेटेड फिडर र ट्रंक लाइनको बक्यौता सम्बन्धमा तत्कालिन समयका व्यवस्थापकमाथि छानबिन गर्न अख्तियारलाई निर्देशन दिन लेखा समितिको सुझाव/बक्यौता असुलीमा प्राधिकरणलाई आर्थिक क्षति हुने र आर्थिक दायित्व बढ्ने गरी कुनै निर्देशन नगराउन सुझाव ।

९.(रेडक्रसमा छानविन)
नेपाल रेडक्रस सोसाइटीमा भएको भ्रष्टाचारका सम्बन्धमा प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिले थाल्यो छानबिन / भ्रष्टाचार गर्ने जोसुकै व्यक्ति भएपनि कारवाही हुनुपर्नेमा सांसद्हरुको जोड ।

१०.(भ्रमण वर्षको पुर्नसंरचना)
सरकारले भ्रमण बर्ष २०२० स्थगित गर्दे नयाँ ढंगले पुर्नसंरचना सुरु /सन् २०२० देखि २०३० सम्मको अवधारणाबाट अगाडि बढेर पर्यटन विकास र प्रवद्र्धनका लागि बिशेष योजना बनाउने पर्यटनमन्त्री योगेश भट्टराईद्वारा जानकारी ।

११.(माधवको हिम्मत)
वाईडवडीमा भएको भ्रष्टाचारमा संलग्नमाथि विना पुर्वाग्रह कारवाही गर्नुपर्ने पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको भनाई/छोटो समयमा नै असफल देखिने विकास निर्माण लगायतका योजनाहरु बनाईएको आरोप ।

१२.(प्रेस खरिदको तरीका)
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद सम्बन्धी प्रकृया रद्ध गरी खुल्ला प्रतिस्पर्धाबाट खरिद गर्न सार्वजनिक लेखा समितिद्वारा सरकारलाई निर्देशन / खरिद प्रकृयामा बदमासी गर्नेमाथि समिति मौन बस्न नहुने बताउँदै सरकारलाई स्पस्ट निर्देशन दिनुपर्नेमा सांसद्हरुको जोड ।

१३.(प्रश्नपत्रको सुरक्षा)
गत वर्ष प्रश्नपत्र बाहिरिएपछि आगामी चैत ६ देखि हुने एसईईको प्रश्नपत्रलाई राष्ट्रिय परीक्षा बोर्डद्वारा दोहोरो सिलबन्दी /एसईईमा यसवर्ष मुलुकभरबाट ४ लाख ८२ हजार २ सय १९ परीक्षार्थी सहभागी हुने ।

१४.(खाली स्टेडियममा आईपीएल)
विश्वभर फैलिरहेको कोरोना भाईरसको कारण आगामी संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) सर्यो /चैत १६ देखि गतेदेखि सुरु हुने गरी तय भएको आईपीएल बैशाख ३ देखि दर्शक विनाको खाली स्टेडियममा हुने ।

र,
१५.(विश्वब्यापी बन्दै्र कोरोना)
कोरोना भाइरसको संक्रमणबाट चीनमा मृत्यु हुने संख्या घट्दो /कोरोना भाइरसको सङ्क्रमण ११८ वटा देशमा भेटिएको पुष्टि /अहिलेसम्म भाइरसबाट एक लाख २५ हजार बढी मानिस प्रत्यक्ष प्रभावित /४६ सय भन्दा बढीको मृत्यु ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.