Nepal Times
Nepal Times
3
Shares

दिल्लीको सभामा पुगेर आएका ९ जना मोरङको क्वारेन्टाइनमा

दिल्लीको सभामा पुगेर आएका ९ जना मोरङको क्वारेन्टाइनमा

२१ चैत, विराटनगर ।
भारतको नयाँ दिल्लीको निजामुद्दीन मस्जिदमा भएको धार्मिक सभामा सहभागी भई नेपाल आएका धरानका ९ जनालाई मोरङको टाँडीमा रहेको क्वारेन्टाइनमा पठाइएको छ ।

भारतबाट एक साता अगाडि फर्किएका उनीहरु लकडाउनका कारण विराटनगरमा आफन्तकोमा बसिरहेको जानकारी धरान प्रहरीले मोरङ प्रहरीलाई खबर गरेको थियो । प्रहरीको सूचनाका आधारमा मोरङ प्रहरीले तत्काल उनिहरुको खोजी गरेको थियो । उनीहरु धार्मिक सभामा सहभागी भएको नदेखिए पनि भारतबाट आएको पाइएपछि मोरङको मिक्लाजुङ टाँडीस्थित क्वारेन्टाइनमा पठाएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

दिल्लीमा भएको मुस्लिमहरुको धार्मिक सभामा सहभागी भएर आएको भनिएका उनीहरु सो सभामा भने सहभागी नभएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरिक्षक विश्व अधिकारीले जानकारी दिएका छन् । धरान ९ स्थित आचार्यलाइनका एक व्यक्तिसहित ९ जना दिल्लीको धार्मिक सभामा सहभागी भएर विराटनगरमा आई बसेको जानकारी धरान प्रहरीले यसअघि दिएको थियो । तर, उनीहरु दिल्लीको सभामा सहभागी नभएको र कोरोनाको कुनैपनि लक्षण नदेखिएको भएपनि क्वारेन्टाइनमा पठाइएको अधिकारीले बताए ।

दिल्लीको धार्मिक सभामा सहभागी भएका विराटनगरका एक व्यक्तिको पहिचान भएको छ । जिल्ला प्रहरीका अनुसार विराटनगर रानी घर भएका उनि मार्च १० का दिन विराटनगर आइपुगेका थिए । उनी घरमै क्वारेन्टाइनमा बसेको प्रहरी उपरिक्षक अधिकारीले जानकारी दिएका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.