Nepal Times
Nepal Times
3
Shares

दिल्लीमा रहेका सबै अस्पताल कोरोना सङ्क्रमितले भरिए

दिल्लीमा रहेका सबै अस्पताल कोरोना सङ्क्रमितले भरिए

१० बैशाख, काठमाडौ । भारतको राजधानी दिल्लीमा रहेका अस्पतालहरु कोरोना सङ्क्रमितले भरिएका छन् ।

अस्पतालमा रहेका ९९ प्रतिशत बेडमा सङ्क्रमितहरुलाई राखिएको र अब आउने सङ्क्रमित राख्ने ठाउँको अभाव भएको बीबीसीले जनाएको छ । यस्तै भारतको दिल्लीमा रहेका ६ वटा अस्पतालमा अक्सिजन सकिएको छ ।

अरु अस्पतालहरुमा पनि केही समयका लागि मात्रै पुग्ने अक्सिजन बाँकी रहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

अहिले दिल्लीबाट अक्सिजन बोकेका ट्याङ्करहरु अरु राज्यमा जान दिइएको छैन । उनीहरुले अक्सिजन भण्डारण गरेर राखेर आपूर्ति रोकेको हुन सक्ने आशङ्का गरिएको छ ।

भारतमा कतिपय व्यक्तिहरुले अक्सिजन नपाएर ज्यान गुमाएका पनि बीबीसीले जनाएको छ ।

भारतमा दोस्रो लहरको कोरोना सङ्क्रमण सुरु भएसँगै हरेक दिन विश्वमै सबैभन्दा धेरै कोरोना सक्रमित थपिइरहेका छन् ।

पछिल्लो २४ घण्टामा मात्रै भारतमा ३ लाख ३२ हजारभन्दा धेरै कोरोना सङ्क्रमित गाभिएका छन् भने २ हजार २ सय ५६ जनाको ज्यान गएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.